HamroNepalDainik.com
समाचारस्थानिय

बिरगंजबाट बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

बिरगंज ११ माघ । बिरगंजबाट बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेको छ । बालिकालाई डरत्रास तथा अनुचित प्रभाव र दवावमा राखेर १५ वर्षीय बालिकासँग पटक-पटक बलात्कार गरेको आरोपमा वीरगञ्जबाट एक युवक पक्राउ परेका छन् ।

बिरगंजबाट पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ रामटोल निवासी २० वर्षीय भनु यादव भनिने मुन्ना प्रसाद यादव रहेका छन् । यादवले विगत लामो समयदेखि बालिकालाई डरत्रास देखाई अनुचित प्रभाव र दबाबमा पारी आफ्नै घरमा लगेर पटक-पटक बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

युवकले बालिकालाई माघ ५ गते वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ भिष्वा टोलस्थित साथीको कोठामा लगी पुन: बलात्कार गरेको प्रहरीले जनाएको छ ।

बालिकाले आफुसँग भएको बलात्कारको घटना बारे अभिभावकलाई बताएपछि उनीहरुले माघ ९ गते प्रहरीमा यादवविरुद्ध जाहेरी दर्खास्त दिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए ।

सोही जाहेरी दर्खास्तको आधारमा सोमबार प्रहरीले युवक यादवलाई उनको घरबाट नियन्त्रणमा लिएको पर्सा प्रहरीका प्रवक्तासमेत रहेका डिएसपी खनालले जानकारी दिए ।

यादवमाथि जबरजस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाएको ।

Related posts

बजेटको आकार १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ

hamronepaldainik

खानेपानी मन्त्रीसंग वीरगन्जका जनप्रतिनिधीहरुको गुहार : मन्त्री ज्यु पानीको संकट समाधान गरिदिनुस्

hamronepaldainik

आधा दर्जन पत्रकारका आफन्तहरुकाे निधन, समाजवादी प्रेस संगठनद्वारा श्रद्धाञ्जली अपर्ण

hamronepaldainik
HamroNepalDainik