HamroNepalDainik.com
समाचारस्थानिय

चोरी घटनाको चौबिस घन्टा नबितिदै चोर बारा प्रहरीको नियन्त्रणमा

बारा, १६ माघ,  जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी उपरीक्षक दिलिप सिंह देउवाको आग्मनसाथ शान्ती सुरक्षामा कडाइ गर्नुको साथै चोरी तस्करीमा कमि आएको महसूस बारावासीले गर्न थालेका छन । मोबाइल पसलमा चोरी भएको घटनाको २४ घन्टा नबित्दै चोर गिरोहलाइ बारा प्रहरीले पक्राउ गर्नसाथ शान्ती सुरक्षामा व्यापक कडाइ गरिएको महसूस बारावासीले गर्न थालेका हुन ।

बाराको प्रसौनी गाउपालिका वडा नम्बर २ स्थित रहेको शुभ श्री मोबाइल पसल फुटाई पसलमा रहेको बिभिन्न कम्पनिको मोबाईलहरु चोरी भएको घटना २४ घन्टा नबित्दै चोर गिरोहलाइ बारा प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । चोरी घटना हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक दिलिप सिंह देउवाको ठाडो निर्देशनमा खटिएको प्रहरी टोलिले चोरी भएको मोबाइल सहित ५ जनालाइ नियन्त्रणमा लिन सफल भएको बारा प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलिले प्रसौनी गाउपालिका वडा नम्बर १ बस्ने गोपिचन मुखियाको छोरा विशाल मुखिया सहित ५ जनालाइ नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ । बिशेष सूचनाको अधारमा मुखियाको घरमा खानतलासी गर्दा चोरीको मोबाइल सहित लागू औषध गाजा समेत बरामद भएको बारा प्रहरीले जनाएको छ ।

पिठ्युमा बोक्ने ३ बटा झोलामा लुकाई छिपाई राखेको अवस्थामा बिभिन्न किसिमको नयाँ मोबाइल सेट ९४ थान, ब्याट्री, चार्जर, राउटर तथा सोही घरको पहिलो तल्लाको कोठामा RIPURAJ लेखिएको चामलको बोरामा राखी लुकाई छिपाई राखेको अवस्थामा अवैध लागू औषध गाँजा ६ किलो ग्राम समेत बरामद भएको बारा प्रहरीले जनाएको छ । चोरी घटनामा संलग्न प्रसौनी गाउपालिका वडा नम्बर १ निवासी गोपिचन साहको २४ बर्सिय छोरा विशाल मुखिया, २२ बर्सिय छोरा बलिराम मुखिया, २० बर्सिय छोरा राम मुखिया, सोही निवासी राजदेव राउतको २७ बर्सिय छोरा पवन पटेल, वडा नम्बर ४ खुटवा टोल बस्ने अबास अन्सारीको २३ बर्सिय छोरा रमतुल्लाह अन्सारीलाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

चोरी घटनामा संलग्न ५ जनालाइ नियन्त्रणमा लिइ अवाश्यक कारवाही प्रक्रिया अगाडी बढाइएको बारा प्रहरीले जनाएको छ । बारा प्रहरीले घटनाको २४ घटना भित्र चोर गिरोहलाइ पक्राउ गर्नसाथ शान्ती सुरक्षामा बारा प्रहरीले अहम भुमिका खेलिरहेको स्थानीयले बताएका छन ।

Related posts

बेहुली लिएर फर्केको बस दुर्घटना, ५ जनाको मृत्यु

hamronepaldainik

अडिट फर्ममा छापा, कागजात र कम्प्युटर नियन्त्रणमा

hamronepaldainik

हिमालयन बैंकले गरिब तथा निमुखा वर्गहरुलाई टि–शर्ट वितरण गर्दै

hamronepaldainik
HamroNepalDainik