HamroNepalDainik.com
स्थानिय

खेलले युवाहरुको भबिस्य निर्माणमा अहम भुमिका निर्वाह गर्छ – नेता पटेल

बिरगंज पर्सा,

समाजबादि पार्टी का नेता शिव पटेलले खेल युवाहरुको भबिस्य निर्माणमा अहम भुमिका निर्वाह गर्ने बताउनु भएको छ।

आर.सि.पि.क्लब,बहुदरमाइ द्वारा आज बहुदरमाई नगरपालिका-२पिपराको बहुदरमाइ मन्दिर नजिक तिलावे नदिको किनारमा अवस्थित खेलमैदानमा आयोजित बहुदरमाइ नगर स्तरिय जुनियर क्रीकेट प्रतियोगिता को उदघाटन गर्दै नेता पटेलले खेलले युवाहरूलाई शारीरिक रूपमा स्वस्थ मात्र बनाउदैन यस्ले अनुसाशीत रहि लगनशीलता का साथ कार्य गर्न अभिप्रेरित गर्ने बताए।
आजको युगमा खेलमा राम्रो गर्नेलाई सरकारले सम्मानका साथ मनग्य अर्थ प्रदान गरिरहेकोले यस क्षेत्रमा अगाडि बढन आग्रह गर्दै नेता पटेलले स्थानिय सरकार गठन भए देखी विभिन्न नगरपालिकाले मेयर कप गरि युवाहरूलाई प्रोत्साहन गरिरहेको तर बहुदरमाइ नगरपालिका कार्यालय को खेल प्रती कुनै चासो नरहेको र यहा का नगरप्रमुख कमिसनमा मात्र रुमलिएको बताउदै आफू युवाहरु को लागि सदैव सहयोग गर्न तयार रहेको बताउनु भयो।
क्लबका अध्यक्ष अमित साह को अध्यक्षता मा आयोजित सो खेल उद्घाटन कार्यक्रममा लोसपा का युवा नेता कृष्ण यादव, लखन पटेल, राजन पटेल, लगायत को उपस्तिथि रहेको थियोे । आजको खेल नगरदाहा र एकडर्वा बिच सुरु भएको छ। आठ गाउँ क्रमशः पिपरा, नगरदाहा,एकडर्वा,बैरिया,बिन्दबासिनि,बिश्रामपुर, महुवन, डोकैला बहुवरी का युवाहरु टिम प्रतियोगितामा सहभागी रहेका छ्न। खेलको रेफ्रीमा परदेशी मिया र उपेश पटेल रहेका छ्न।

Related posts

जसपा पर्साको कार्यालय रहेको घर भाडा नतिरेपछि घर खाली गराईदिन प्रशासनलाई गुहार

hamronepaldainik

बिन्दवासिनी गाउँपालिका वडा नं. ४ को अध्यक्ष पदका उमेदवार धिरज चौरसिया लोकप्रिय बन्दै

hamronepaldainik

बिरगंजबाट बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

hamronepaldainik
HamroNepalDainik