HamroNepalDainik.com
समाचारस्थानिय

लेखा अधिकृत कर्ण चलखेलका कारण औषधी खरिद प्रक्रिया अन्योलमा

बिरगंज पर्सा, २ फागुन /

मधेस प्रदेशको सबै भन्दा ठूलो र पूरानो अस्पतालको रूपमा मानिने नारायणी क्षेत्रीय अस्पतालमा लेखा अधिकृत राजेन्द्र कर्णको चरम लापरबाही र चलखेलका कारण औषधी पाउन नसकेको आरोप कर्मचारीहरूले नै लगाउन थालेका छन ।

नारायणी क्षेत्रीय अस्पतालको लेखा अधिकृत पदमा कार्यरत रहेका डा.राजेन्द्र कर्णले आफ्नो स्वार्थमा परेकै कारण औषधी पाउन नसकेको अस्पतालका कर्मचारीहरू बताएका हुन । नारायणी अस्पतालमा औषधी अभाव भएको महिनौ भइसकेपनी सम्बन्धित निकायको मौनताले सेवाग्राही मारमा पर्दै आएका छन ।सेबाग्राहीहरु दिनहु औषधी न पाएर सास्ती पाउने गर्दछन ।

अस्पतालको फार्मेसीमा सामन्य औषधि समेत न भएको महिनौ बिति सक्दापनी हालसम्म उपलब्ध हुन नसकेको श्रोतले दाबी गरेको छ ।अरु बिरामिहरू त परै जाओस बिमा गरेका सयौं बिरामीहरु दिनहु जस्तो औषधी न पाएर अन्यत्र रेफर हुँदै गरेको समस्याले बिकराल रूप लिएको छ ।

अस्पताल प्रशासनले महिनौ देखि औषधी आपूर्ति गर्न नसकेका कारण दिनहु आउने हजारौ बिरामीलाई सास्ती खेप्दै आउनु परेको हो । फार्मेसीको बेथितिले गर्दा औषधी किन्न नसकेको अस्पताल प्रशासनको दाबी छ । पटक पट्क लिखित र मौखिक रुपमा फार्मेसी ब्यबस्थापनको नियुन्तम मापदण्ड पूरा गरि औषधी आपूर्ति गर्ने प्रयास गरिएतापनि ,फार्मेसीले असहयोग गरेको कारण पूरा हुन नसकेको प्रशासन शाखाका एक कर्मचारी बताउछन । उहाका अनुसार यति प्रयास गर्दा समेत सहज हुन नसकेको कारण नियमित टेन्डरमा गएर औषधी उपलब्ध हुने प्रक्रिया सुरू भएको बताए ।

पुष महिनामा खुल्नु पर्ने टेन्डर प्राविधिक कारण देखाएर रद्द गरिएको श्रोतले दाबी गरे । जसका कारण एक महिना औषधी नपाउदा प्रत्यक्ष असर सेवाग्राही माथी परेको उनले दाबी गरे । पुष महिनामा टेन्डर खुल्न नसकेपछी माघ १२ गते खुल्ने टेन्डरबाट अवस्था सुधार हुने आश गरिएको थियो । दोश्रो टेन्डर माघ १२ गते इ-बाइन्डिङ्ग मार्फत खुल्यो र एक हप्ताको समयमा विड स्वीकृत भएको बिक्रेता सङ्ग सम्झौता गरिनुपर्ने सामन्य प्रक्रिया हुने गर्दछ, उनले बताए । तर हालसम्म पनि सो टेन्डरको प्रक्रिया अघि बढेको छैन जसले गर्दा दिनहु सेवा लिन आउने हजारौ बिरामिहरू मर्कामा परेको उनले दाबी गरे । अस्पताल प्रशासनले प्रमुख लेखा अधिकृतको सम्योजकतामा टेन्डर कमिटी गठन गरेको थियो जसमा स्टोरका एक कर्मचारी, फार्मेसीका एक फार्मासिस्ट, अस्पताल बाहिरका एक बिज्ञ र लेखापाल सदस्य छन ।

सो टोलिले निर्धारित समयमै अध्यन र मुल्यांकन गरि टेन्डर कागजपत्र लेखा अधिकृतलाई बुझाइ सकेको दाबी गर्छन् । १० दिन बितदा समेत सो प्रक्रिया अन्योलमा रहेको श्रोतको दाबी छ । नारायणी अस्पताल श्रोतका अनुसार लेखा अधिकृत राजेन्द्र कर्णले विभिन्न बाहना बनाउने काम गरेर सो प्रक्रिया अबरुद्ध पार्ने चलखेल गरेको दाबी गरेका छन । त्यति मात्र नभइ लेखा अधिकृतले आफ्नो पदको प्रभावले अस्पतालमा निजि लाभ लिदै गरेको बुझिन्छ ।

आफ्नो प्रभाबमा आफ्नो छोरिलाइ स्टाफ नर्स करार सेबामा भर्ना गराउन सफल भएको केही महिना न बित्दै आफ्नो ज्वाइलाई समेत हुँदै न भएको सिबिल इन्जिनियर पदमा ज्यालादारीमा भर्ना गराउन सफल भएको श्रोतले दाबी गरेका छन । विभिन्न आर्थिक प्रयोजनमा समेत मोटो नजराना लिने गरेको आरोप समेत निजलाइ लाग्ने गरेको छ । निजको निहित स्वार्थका कारण हजारौं जनताले पाउनु पर्ने औषधीको सुबिधा ओझेलमा परेको छ । यस बिषयमा नारायणी अस्पतालाका लेखा अधिकृत राजेन्द्र कर्ण सङ्ग पटक पटक सम्पर्क गर्न खोज्दा, सम्पर्कमा आउन चाहेन्न ।

उनी आफ्नो स्वार्थका कारण सेवाग्राही सङ्ग गर्दै आएको खेलवाडको बिषयमा पर्दाफास हुने डरले सम्पर्कमा आउन नसकेको अनुमान समेत गरिएको छ ।

लेखा अधिकृत कर्णको मोबाइल नम्बर ९८५१०५८१७१ नम्बरमा पटक पटक सम्पर्क गर्न खोज्दा फोन समेत उठाउन चाहेन्न । यता नारायणी क्षेत्रीय अस्पतालका प्रमुख डा.बिरेन्द्र बहादुर प्रधानले अस्पताल भित्र औषधी नपाउनुले दुखेसो पोख्नु भयो ।

आफू माथी बिश्वास गरेर प्रमुख पदको जिम्मेवारी दिएपनी हालसम्म अस्पतालका कर्मचारीले गर्दा औषधी अभाव भएको स्विकार्नु भयो । उहाले आज सोमवारका दिन लिखित जवाफ सुदै आउने र जवाफ आइ सके पश्चात् आफ्नो अगाडीको कार्य अघि सार्ने बताउनु भयो । डा. प्रधानले नारायणी क्षेत्रीय अस्पताल भित्र आउने सेवाग्राहीहरूले छिट्टै औषधी समस्याबाट उनमुक्ती हुने बिश्वास ब्यक्त गर्नु भयो ।

Related posts

बेहुली लिएर फर्केको बस दुर्घटना, ५ जनाको मृत्यु

hamronepaldainik

बिन्दवासिनि गाउँपालिकामा तिवारीको लोकप्रियता बढदै

hamronepaldainik

डाक्टरलाइ ज्यान मार्ने धम्की दिनेहरुलाइ पक्राउ गरि कारबाही गर्न प्रमुख जिल्ला अधिकारीको निर्देशन

hamronepaldainik
HamroNepalDainik