HamroNepalDainik.com
समाचारस्थानिय

दाईजो प्रथालाई चुनौती दिँदै चौरसियाले गरे आदर्श विवाह

वीरगंज ९ फागुन,
तराई मधेसमा महामारीका रुपमा फैलिएको दाईजो प्रथालाई चुनौती दिदै पर्सा जिल्लामा एक जोडीले आदर्श विवाह गरेका छन् । वीरगंज स्थित श्री सिता आयुर्वेदीक सेन्टर प्रा.लि.का जिएम हरेराम चौरसियाले वीरगंज वडा नं. ४ निवासी दिव्या चौरसिया सँग वीरगंजमा एक कार्यक्रमका बीच हिन्दू परम्पराअनुसार विवाह गरेका छन् ।
पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. ४ हाल वीरगंज महानगरपालिका वडा नं. २४ रानीघाट स्थित श्री सिता आयुर्वेदीक सेन्टर प्रा.लि. वीरगंजका सञ्चालक एवं समाजसेवी सत्रुध्न प्रसाद चौरसियाका छोरा हरेराम चौरसिया र वीरगंज महानगरपालिका वडा नं. ४ लक्ष्मीनगर टोल बस्ने यादवलाल चौरसियाका छोरी दिव्या चौरसिया सँग फागुन ६ गते वैवाहिक बन्धनमा बाँधिएका हुन् ।
मधेसमा विकृतिको रुपमा फैलिएका दाईजो प्रथालाई निरुत्साहित गर्न दाईजो नलिई बिहे गरेको कम्पनीका म्यानेजिङ्ग डाईरेक्टर संजिव कुमार रायले बताए । तराई मधेशमा विपन्न देखि हुनेखाने परिवारका युवाहरुले समेत विवाहमा दाइजो लिने गरेका छन् ।
एक प्रा.लि.का सञ्चालक चौरसियाले आदर्श विवाह गर्ने स्वघोषणाले समाजमा सकारात्मक संदेश प्रवाह भएको बेहुलीका बुवा यादवलाल चौरसियाले बताए ।

Related posts

समाजवादी प्रेस संगठन पर्साकाे बैठक सम्पन्न, महासंघकाे गलत रवैयाकाे शसक्त विराेध गर्ने निर्णय

hamronepaldainik

आशीर्वाद वचत तथा ऋण सहकारी संस्था लि.को १४ औं वार्षिक साधारणसभा सम्पन्न

hamronepaldainik

जसपाले सांसद यादवलाई केन्द्रबाट हटायो

hamronepaldainik
HamroNepalDainik