HamroNepalDainik.com
समाचारस्थानिय

नारायणी अस्पताल परिसर भित्र तिन वटा भवनको शिलान्यास

बिरगंज पर्सा । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले वीरगञ्ज स्थित नारायणी अस्पताल परिसर भित्र तिन वटा भवनको शिलान्यास भएको छ ।

भवनको शिलान्यास गदैं स्वास्थ्य मन्त्री विरोध खतिवडाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा धेरै समय नरोकिने बताए । संसद बैठकमा पेश भइसकेपछि छलफल हुने र छिटै पास/फेलको टुंगो लाग्ने उनले बताए ।

सोमबार वीरगञ्जको नारायणी अस्पताल परिसरमा विशिष्ट हृदयरोग उपचार भवन (क्याथ ल्याब), आकस्मिक भवन र कोभिड–१९ उपचार भवनको शिलान्यास गर्दै मन्त्री खतिवडाले एमसीसीमा संसदको बहुमतले जे निर्णय दिन्छ त्यही स्वीकार हुने बताए । संसद बैठकमा पेश भइसकेपछि छलफल हुने र छिटै पास वा फेलको टुंगो लाग्ने उनले बताए ।

मन्त्री खतिवडाले एमसीसी सम्झौताका विषयमा राजनीतिक दल र सर्वसाधारणमा फरक फरक मत हुनु स्वाभाविक भएको बताए । ‘सन्धि सम्झौताका विषयमा, सरकार र पार्टीहरूले गरेका निर्णयका विषयमा समाज विभाजित हुनु, विभिन्न मत आउनु, पार्टीपिच्छे मत भिन्दै हुनु र नागरिक पिच्छेको राय हुनु अनौठो कुरो होइन’ उनले भने, ‘हामीले आ–आफ्नो मत जाहेर गर्नु पनि पर्छ । तर, मेरो मत नमान्ने हो भने आगो बालिदिन्छु, मोसो दलिदिन्छु्, आफ्नो मत नमानेको भनेर अर्कोलाई ठोक्ने अधिकार कसैलाई छैन ।

Related posts

पर्सा जिल्लाको बिभिन्न नाका बाट तसकरी फस्टाउदै

hamronepaldainik

महिलालाई आत्मनिर्भर बनाउन महानगरले काम गरिरहेको छ ः मेयर सिंह

hamronepaldainik

इन्धनको मूल्य बढ्यो, अब ग्यास सिलिन्डरको १५७५ रुपैयाँ

hamronepaldainik
HamroNepalDainik