HamroNepalDainik.com
समाचारस्थानिय

सखुवा प्रसौनी गाउँपालिकामा गर्भवती महिलाहरुलाई पोषिलो आहार वितरण कार्यक्रम सम्पन्न

वीरगञ्ज, ११ फाल्गुन ।
पर्साको सखुवा प्रसौनी गाउँपालिकाले ५९८ जना गर्भवती महिलाहरुलाई पोषिलो आहार वितरण गरेको छ ।
‘स्वास्थ्य आमा, स्वास्थ्य बालबालिका, हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित गाउँपालिकाको वडा नं, १ देखी ६ सम्मका ५ सय ९८ जना गर्भवती महिलाहरुलाई पोषिलो आहार वितरण सम्पन्न भएको छ ।
गाउँपालिकाको वडा नं १ देखी ६ सम्मका स्वास्थ्य चौकीमा आयोजित पोषिलो आहार वितरण कार्यक्रमको आज अन्तिम दिन प्रमुख अतिथि मदेश प्रदेशका प्रदेश सभासदस्य मन्जुर अन्सारी, बिशिस्ट अथिती गाउँपालिका अध्यक्ष प्रदीप जयसवाल लगायत अन्य नेता कार्यकर्ता तथा गा.पा का कर्मचारीहरुको उपस्तिथी रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले आमाको गर्भ सुरक्षित हुँदा एउटा युग नै सुरक्षित हुने भएको र स्वास्थ्य बच्चा जन्मे भोलिको भविष्यको कर्णधार रहेकोले गर्भवती भएदेखि नै महिलाहरुले आफ्नो स्वास्थ्यको उचित स्याहार सुसार गर्नुपर्ने बताए । उनले हुने खाने परिवारका गर्भवती महिलाहरुले पोषिलो आहार खाना खानुको साथै चेकजाँचमा पनि निरन्तरता दिने गरेको तर गरिब, असहाय परिवारका महिलाहरुलाई पोषिलो खाना समेत नपुगेको अवस्थामा गाउँपालिकाले यस गाउँपालिकाका गर्भवती महिलाहरुलाई पोषिलो आहार वितरण गरेको बताए ।
गर्भावस्थादेखि जन्म हुने बेलासम्म बच्चाको ४० प्रतिशत मानसिक विकास भइसक्ने भएकोले गर्भवती आमाले आफू लगायत आफ्नो बच्चाको लागि भएपनि आफ्नो स्वास्थ्य अवस्थाको उचित ध्यान राख्नुको साथै पोषिलो खानामा ध्यान पु¥याउनुपर्ने बताए । आजको बालबालिका, भोलिको भविष्यको कर्णधार भएको कारण स्वास्थ्य बच्चा जन्मे भोलिका दिनमा समाजमा विकास हुने भएकाले पालिकाले गर्भवती महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै यो कार्यक्रम ल्याएको बताए । उनका अनुसार भौतिक पूर्वाधार विकासले मात्रै पालिका समृद्ध नहुने भन्दै भविष्यमा जन्मने बच्चाको लागि पनि यस्ता कार्यक्रमले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।
गरिब, विपन्न परिवारलाई दैनिक विताउन धौ धौ पर्ने गरेको अवस्थामा गर्भवती महिलाहरुलाई पोषिलो खाना खुवाउने समस्या देखिएकोले पालिकाका गरिब, विपन्न परिवारका गर्भवती महिलाहरुको लागि यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनका अनुसार पालिकाले विगत ४ वर्षको अवधिमा यस्ता यस्ता धेरै कार्यक्रमहरुको आयोजना गर्दै आएको भन्दै आगामी दिनमा पनि पालिकाको नागरिकहरुको लागि सदैव सामाजिक कार्य गर्न तयार रहेको बताए ।
उनले पालिकाको वडा नं. १ का १ सय जना, वडा नं. २ का ११० जना, वडा नं. ३ का १०५ जना, वडा नं. ४ का ९५ जना, वडा नं. ५ जना ९० जना र वडा नं. ६ का ९८ जना गरी कुल्ल ५९८ जना गर्भवती महिलाहरुलाई एक महिना पुग्ने गरि पोषिलो आहार वितरण गरिएको भन्दै एक हप्ता भित्र यही गर्भवती महिलाहरुको चेकजाँचको लागि निःशुल्क भिडियो एक्सरेको व्यवस्था समेत गरिने प्रतिबद्धता जनाए । गर्भवती महिलाहरुलाई तीन तीन महिनामा चेकजाँच गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै पालिकाले एक हप्ताभित्र गर्भवती महिलाहरुको नामावली तयार गरि वीरगन्ज स्थित अस्पतालसँग समन्वय गरि भिडियो एक्सरे गर्नुको साथै स्वास्थ्य चेकजाँच गराउने व्यवस्था मिलाउने बताए ।
गर्भवती महिलाहरुलाई वीरगन्ज गएर चेकजाँच गराउन एक पटकमा कम्तिमा ३ देखि ५ हजारसम्मको खर्च लाग्ने भएकाले गरिब निमुखा तथा दैनिक ज्यालादारीमा काम गर्ने परिवारलाई समस्या भई गर्भवती महिलालाई चेकजाँच समेत नहुने गरेकोले अब पालिकाले आफ्नै खर्चमा गर्भवती महिलाहरुलाई आफ्नै गाडीमा राखेर वीरगन्ज लगि चेकजाँच गराएर पुनः पालिकासम्म ल्याउने व्यवस्था मिलाउने बताए ।
साथै जेष्ठ नागरिकहरुको लागि पनि पालिकाले वीरगन्जको परवानीपुर स्थित केडिया आँखा अस्पतालसँग समन्वय गरि मोतियाविन्दु भएकाहरुको निःशुल्क शल्यक्रिया गराउने व्यवस्था समेत मिलाएको अध्यक्ष जयसवालले जानकारी दिए । मोतियाविन्दु भएका जेष्ठ नागरिकहरुले पालिकाबाट सिफारिस लिएर केडिया आँखा अस्पतालमा गई निःशुल्क शल्यक्रिया समेत गराउने सक्ने बताए ।
गर्भवती महिलाहरुलाई पोषिलो आहार वितरण कार्यक्रमलाई प्रत्यक्ष वा अप्रत्यक्ष पूर्व नि.प्रमुख प्रशासकीय अधिकृत तथा जनस्वास्थ्य बिज्ञ भोजेन्द्र कुमार चौधरीको योगदान उतिकै रहेको देखिन्छ ।

Related posts

थप ३८५ जनामा कोरोना संक्रमण, २५८ जना निको

hamronepaldainik

एमसीसीको विरोधमा आज पनि माओवादी कार्यकर्ताको प्रदर्शन

hamronepaldainik

बिन्दवासिनी गाउँपालिकाको ११ औ गाउँसभा, नीति तथा कार्यक्रम सम्पन्न

hamronepaldainik
HamroNepalDainik