HamroNepalDainik.com
समाचार

राष्ट्रव्यापी महिला अधिकार अभियान आज देखी शुरु

पर्सा , १९ फाल्गुन

पर्सा जिल्लाको वीरगंजमा इस्लामी संघ नेपाल द्वारा आयोजित राष्ट्रव्यापी महिला अधिकार अभियान आज देखी शुरु भएको छ । कार्यक्रमका अध्यक्ष मास्टर मुज्तुबा अंसारीको अध्यक्षतामा शुरु भएको हो ।

समाज सुधारमा महिलाको भुमिका निकै महत्वपूर्ण छ र उनीहरुको सक्रिय सहभागिता र सहयोग बिना समाजमा सकारात्मक परिवर्तन आउन सक्दैन । महिला अधिकारको लागि यो राष्ट्रव्यापी अभियानमा हातेमालो गरेर व्यापकरुपमा चेतना लयाउन एकदमै अवश्यकता रहको भन्दै कार्यक्रमका अध्यक्ष मास्टर मुज्तुबा अंसारीले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

यो अभियान २० गते देखि २६ गते सम्म चल्ने यस अन्तर्गत विभिन्न कार्यक्रम जस्तै व्यक्तिगत भेटघाट, कर्नर मीटिंग, जुमाको खुत्बा ( शुक्रवार उपदेश), चौकचौराहे मा सार्वजनिक उपदेश , स्कूल, मदरसा र कलेजहरूमा वक्तव्य कार्यक्रम, विद्यार्थी जुलुस, उलेमा तथा इमामहरूसंग छलफल, पालिका हरूको अगुवा हरूसँग बैठक, अखबारमा लेखहरू, फोल्डरहरूको वितरण, सोसल मिडियामा सन्देशहरू प्रसारण, स्थानीय महिला कार्यक्रमहरू मार्फत जागरूकता, मानार्थ प्रमाणपत्र मार्फत उत्कृष्ट सेवा प्रदान गर्ने महिलाहरूलाई सम्मान, अभियानमा सहयोग गर्न संघसंस्था, मदरसा र मस्जिदका इमामहरूलाई विशेष अपील, त्रैमासिक पैग़ाम र मासिक मधुर सन्देशको विशेषाङ्क प्रकाशन, यस राष्ट्रव्यापी अभियानको फलस्वरूप एकातिर मुस्लिम समाजमा महिला अधिकार र दायित्वको सम्बन्धमा चेतना र परिवर्तन आउनेछ भने अर्कोतिर इस्लाम धर्मप्रति देशवासीको धारणामा सकारात्मक परिवर्तन आउने विश्वास, महिला अधिकार सम्बन्धी लगायतका कार्यक्रमहरु राष्ट्रव्यापी अभियानबाट संचालन हुनेछ ।

इस्लामी संघ नेपाल एउटा धार्मिक तथा सामाजिक संस्था हो जसले विगत ३७ वर्षदेखि आफ्नो धार्मिक सचेतना, तथा अंतरधार्मिक सौहार्द र सद्भावपूर्ण वातावरण का साथ मुसलमानहरूको धार्मिक, सामाजिक, शैक्षिक उन्नतिको लागि आफ्नो दायित्व निर्वाह गर्दै आएको छ। यस इस्लामी संघ नेपालले मुस्लिम समुदायमा मात्रै नभई देशका अन्य दाजुभाइलाई पनि महिलाको हक-अधिकार समबन्धि इस्लामको शिक्षाका बारेमा सचेत गराउनु पर्ने आवश्यकता महसुस गरेको छ ।

महिलालाई समाजमा उचित सम्मान र स्थान दिइनेछ र उनीहरू संग दुर्व्यवहार र अन्याय न्युन हुनेछ। महिला अधिकारका बारेमा समाजमा चेतना जगाउने र उनीहरुको हकको पूर्ण भुक्तानी गरिनेछ । समाज सुधारको सन्दर्भमा चेतना आउनेछ र महिलाहरूमा धर्मपरायणता, धार्मिकता, धार्मिक अभिमान र सामाजिक मूल्य मान्यताको पालना गर्ने प्रवृत्ति बढ्नेछ । मानिसहरू इस्लामिक शिक्षाहरू, विशेष गरी इस्लामिक समाजको विशेषताहरू बारे सचेत हुनेछन्। सामुदायको निर्माण र सामाजिक सेवाहरूमा महिलाहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्षम हुनेछन्। छोरीहरूलाई उच्च शिक्षा दिने वातावरण पनि अनुकूल बनाइनेछ। सासु र बुहारी, नन्दा र भाउजु वा अन्य महिलाबीचको गैर-इस्लामी मानसिकता र अज्ञानी धारणाको उन्मूलन हुनेछ। विधवा र अनाथप्रति समाजको दृष्टिकोण बदलिनेछ र उनीहरूलाई राम्रो व्यवहार गर्ने र उनीहरूको हकअधिकार भुक्तानी गर्ने वातावरण बनाइनेछ।

उक्त कार्यक्रमका संचालक मौलाना अताउररहमान फलादी, विशिष्ट अतिथी मौलाना नुरुलहोदा अजही, अतिथी मौलाना रिज्वानुलाह, मौलाना असरफ अजहरी, मौलाना हाजी ग्यासुदिन, कार्यक्रम संयोजक तैयब मिया, वक्ता ज्योती कुमारी, मौलाना असरफ फलादी लगायतको उपस्थिती रहेको थियो ।

Related posts

पहिचानका आधारमा प्रदेशको नामकरण माग गर्दै ज्ञापनपत्र पेस

hamronepaldainik

वीरगंज महानगरद्वारा कक्षा ९ र ११ का विद्यार्थीलाई छात्रवृत्ति

hamronepaldainik

जिराभवानी गाँउपालिकाले ल्यायो ३४ करोड ८० लाख रुपैयाको बजेट

hamronepaldainik
HamroNepalDainik