HamroNepalDainik.com
समाचार

अखिल नेपाल प्रगतिशील जनस्वास्थ्य महासंघ वीरगंजका कार्यसमितिको सपथग्रहण सम्पन्न

वीरगंज ३० फागुन ।

अखिल नेपाल प्रगतिशील जनस्वास्थ्य महासंघ वीरगंज महानगरको अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुको सपथग्रहण आईतवार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।

पर्सा जिल्लाको ग्रामिण क्षेत्र ठोरी गाउँपालिकामा एक भव्य समारोहका बीच अध्यक्षमा पुनःनिर्वाचित करन पटेल लगायत पदाधिकारी एवं सदस्यहरुलाई सपथग्रहण गराईएको छ । निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथि महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष नागमनी पटेलले सपथ ग्रहण गराउनु भएको थियो ।

सो अवसरमा विशिष्ट अतिथि महासंघका बरिष्ठ उपाध्यक्ष छठु चौधरी, ठोरी गाउँपालिकाका अध्यक्ष पि.एल. श्रेष्ठ, महासंघका केन्द्रिय सचिव एवं मधेश प्रदेश सह–संयोजक तथा अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठनका केन्द्रिय उपाध्यक्ष सुभाष चन्द्र गुप्ता, केन्द्रिय सदस्य अली अखबर हुसैन लगायत बारा, पर्साका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।

महासंघको अधिवेशन गत मंसिर १७ गते वीरगंजको देव पार्टी प्यालेसमा सम्पन्न भएको नवनिर्वाचित महानगर अध्यक्ष पटेलले बताए ।

Related posts

जाजरकोट बस दुर्घटनाका १५ जना घाइतेलाई नेपालगञ्ज पठाइयो

hamronepaldainik

हैसियत अनुसार सिट नपाए जसपा एक्लै चुनाव लड्छ : अध्यक्ष यादव

hamronepaldainik

पर्साका सहायक सिडिओ भिमकान्त पौडेलको सरुवा

hamronepaldainik
HamroNepalDainik