HamroNepalDainik.com
राजनीतिसमाचार

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा दवारा र्याली तथा कोण सभा सम्पन्न

वीरगंज, पर्सा

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा ले र्याली तथा काण सभा सम्पन्न गरेको छ। र्याली मा बिभिन्न नारा सहित का पेलेकार्ड मा आफ्नो जिउमा टासी हिन्दू राष्ट्र कायम गर, राजा सहितको प्रजातन्त्र कायम गर, संघियता खारेज गर,MCC खारेज गर, भरष्टचारीलाइ कार्वाही गर, गणतन्त्र खारेज गरे माग गर्दै र्याली, प्रदर्शन र कोणसभाहरू सम्पन्न गरेका समाचारहरू प्राप्त भएका छन् ।

पार्टी कार्यालय रानिघाट स्थित रानिघाट मोठ बाट निस्केको र्याली रानिघाट,घण्टाघर, माइस्थान, आदर्श नगर, मकालु होटल , घडिअर्वा हुदै घण्टाघर चौकमा गइ कोण सभा मा परिणत भएको थियो।

कोण सभा लाइ सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का जिल्ला अध्यक्ष शुमेश्वरनाथ उपाध्याय ले यो देश मा राजा सहितको प्रजातन्त्र आवश्यकता रहेको बताउँदै यो देश मा हिन्दु राष्ट्र को आवश्यकता रहेको बताए का छन साथै राष्ट्रिय प्रजातन्त्र पार्टी का राष्ट्रिय अध्यक्ष राजेन्द्र लिङ्देन ले सपत ग्रहण गर्ने क्रममा भरष्टचार गरेरे खाने आमाको रगत खानु सरहको हो भन्ने त्यो अभिव्यक्ति को मध्यनजर गर्दै हामि त्यही कसमको अधिनमा रही अगाडि बढने अभिव्यक्ति राखेका थिए।

त्यस्तै बक्तब्य कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का मानार्थ जिल्ला अध्यक्ष अंगद ठाकुर ले राष्ट्रिय प्रजातन्त्र पार्टी ले नै देश लाइ जोगाउन सकछ अरु पार्टी ले जोगाउन सकदैन साथै राष्ट्रिय प्रजातन्त्र पार्टी लाइ आफनो अमुल्य मत दिइ पहिलो पार्टी बनाउन आग्रह समेत गरेका थिए।

त्यस्तै कोण सभा मा बक्तब्य कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी का वीरगंज महानगर अध्यक्ष जलेश्वर सरार्फ ले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी, मधेसी दलहरु बहुरुपीया भएको ले उत्क दलहरु बाट सवधान रहन आग्रह गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी लाइ आफनो अमुल्य मत दिइ पहिलो पार्टी बनाउन आग्रह गरेका थिए।

त्यस्तै बक्तब्य कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा का बरिष्ठ नेता तथा पुर्व जिबिस सभापति शम्भु प्रसाद चौरसिया ले राष्ट्रिय प्रजातन्त्र पार्टी ले हिन्दु राष्ट्र र राजा सहितको प्रजातन्त्र कायम
गर्ने बताए का थिए।

बक्तब्य कै क्रममा राष्ट्रिय प्रजातन्त्रिक युवक संगठन का जिल्ला अध्यक्ष राजाबाबु चौरसिया ले राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा लाइ आफ्नो अमुल्य मत दिइ पहिलो पार्टी बनाउन सहयोग गर्न आग्रह गरेका थिए।

र्याली तथा कोण सभा कार्यक्रम शुमेश्वरनाथ उपाध्याय को अध्यक्षता तथा मानार्थ जिल्ला अध्यक्ष अंगद ठाकुर को अध्यक्षतामा भएको कार्यक्रममा पार्टी जिल्ला उपाध्यक्ष अवध किसोर साह, शान्ति केशी,निरा झा,रामयोधया राउत पार्टी का जिल्ला सचिव पनालाल पटेल, जिल्ला सह- सचिव पवन प्रसाद साह, जिल्ला सदस्यहरु देवेन्द्र ढुङगाना,छठु साह कानु, उदित सहनी,उमेश कुमार राम ,मम्ता देबी ,देवकी थरुनी, लगायत पदेन सदस्यहरू शिवनारायण मिश्र, योगेन्द्र पटेल, चन्द्रिका सहनी,दिपनारायण यादव,रोसन यादव बिभिन्न ब्यत्किहरु को उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन पार्टी का पुर्ब केन्द्रीय सदस्य नगिना कुमार यादब ले गरेका थिए।

Related posts

पटेलको अध्यक्षतामा समाजवादी प्रेस संगठन पर्साको २७ सदस्यीय कार्य समिति चयन

hamronepaldainik

बिन्दवासिनिका उपाध्यक्ष चौरसियाले मागिन गाउँबासीसंग राय, सुझाव

hamronepaldainik

‘जुल्मी दहेज’ को एक दिने च्यारिटी शो त्रिमुर्ती सिनेमा हलमा

hamronepaldainik
HamroNepalDainik