HamroNepalDainik.com
समाचारस्थानिय

वीरगंज महानगरमा महाभीडन्तको तयारी, कस्ले मार्छ बाजी

वीरगंज, १९ चैत

मधेस प्रदेशको एकमात्र महानगरपालिकामा चुनावी सरगर्मी जोडशोरले बढेको छ । नगरप्रमुख विजयकुमार सरावगी यस अघि तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट निर्वाचित भएका थिए भने अहिले उनी एमालेमा प्रवेश गरेर सोही पार्टीबाट नगरप्रमुखको दाबेदारी गरिरहेका छन् । सरावगीले गत स्थानीय चुनावमा १९ हजार ३९३ मत ल्याएका थिए ।

नेपाली कंग्रेसबाट राकेश सिंह महानगरपालिकाको प्रमुख पदको प्रवल दवेदार रहेका छन् । ठाकुर राम वहुमुखी क्याम्पसबाट ने.वि.संघ को राजनिती गर्दै ने.वि.संघबाट स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा विजय भई कार्यकाल चलाएका थिए । ने.वि.संघबाट राजनिती गर्दै हाल नेपाली कंगे्रसका राजनिती गरी रहेका सिंह ने.का.का महाधिवेशन प्रति निधि रहेका छन् । नेपाली कंगे्रसबाट सिंहलाई नगरप्रमुखको टिकट पाउने व्यपक चर्चा चलिरहेको छ । त्यसतै गत स्थानीय चुनाव लडेका अजय द्धिवेद्दिले पार्टीको निर्णय अनुरुप जाने बताए । उनले आफुपार्टीको सिपाहि भएको र पार्टीले गर्ने निर्णय स्वीकार्य हुने बताए ।

महानगर प्रमुखमा जनता समाजवादी पार्टीबाट राजेशमान सिंहको नाम अहिले चर्चामा छ । उनी चैत २८ गतेसम्म तत्कालीन लोसपा परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । उनीपछि सरावगी एमालेमा प्रवेश गरेपछि सिंह जसपामा प्रवेश गरेका हुन् र उनलाई नगरप्रमुखको उम्मेदवार बनाउने जसपाले घोषणा गरिसकेको छ । गत स्थानीय चुनावमा सिंहले १२ हजार १६५ मत ल्याएका थिए ।

जसपाबाट गत स्थानीय निर्वाचनमा उपप्रमुखमा पराजित पिङ्की यादव नै लड्ने पक्कापक्की भएको छ । यादवले गत स्थानीय चुनावमा १८ हजार ५३० मत ल्याएकी थिइन् । उनलाई उपप्रमुख शान्ति कार्कीले १९ हजार ६०७ मत ल्याएर पराजित गरेकी थिइन् ।

 

यसैगरी, लोसपाबाट पुरुषोत्तमलाल झाको नाम चर्चामा छ भने यो पार्टीबाट उपप्रमुखमा रम्भादेवी मिश्र दाबेदार छिन्, उनले गत स्थानीय चुनावमा १० हजार ६६३ मत ल्याएकी थिइन् ।

नेकपा माओवादीबाट गत स्थानीय निर्वाचनमा नगरप्रमुखमा उम्मेदवार रहवर अन्सारी नै चुनाव लड्ने भएका छन् । उनले गत स्थानीय चुनावमा ८ हजार ३०५ मत पाएका थिए । माओवादीबाट उपप्रमुखको टुङ्गो लागेको छैन । गत चुनावमा माओवादीबाट दुर्गा क्षेत्री उपप्रमुखमा लडेकी थिइन् । उनले ५ हजार २८ मत पाएकी थिइन् । नेकपा माओवादी केन्द्रका पर्सा इन्चार्ज विजय महतोले उपप्रमुखको टुङ्गो नलागेको बताए । उनले गठबन्धन हुने सम्भावना बढी हुने भएकोले उपप्रमुखको टुङ्गो नलागेको बताए ।

गत स्थानीय चुनावमा नेपाल लोकतान्त्रिक फोरमबाट चुनाव लडेका विमल श्रीवास्तवको यसपटक नगरप्रमुखमा दाबेदारी छैन । उनी सङ्घीय संसद्मा निर्वाचित छन् । महानगरमा गत स्थानीय चुनावमा १ लाख ८ हजार ५०१ मतदाता थिए । यसपटकको गणनामा यो सङ्ख्यामा वृद्धि भएको छ ।

Related posts

सरकारले स्थानीय तहसँग माग्यो मनसुनजन्य घटनाबाट भएको क्षतिको विवरण

hamronepaldainik

वडा नं. १ मा बैशाख ५ गते देखि टाईफाइड रोग विरुद्धको खोप लगाईने

hamronepaldainik

श्रीनिधि वचत तथा ऋण सहकारी संस्था लि.को १२ औं वार्षिक साधारणसभा सम्पन्न

hamronepaldainik
HamroNepalDainik