HamroNepalDainik.com
राजनीतिसमाचार

कांग्रेसबाट कालिकामाईकाे अध्यक्षमा पटेल र उपाध्यक्षमा साहको चर्चा

वीरगंज, २७ चैत ।

नेपाली कांग्रेसबाट पर्साकाे कालिकामाई गाउँपालिकाकाे अध्यक्षमा अजय पटेल र उपाध्यक्षमा कुन्ती देवी साह चुनाव लड्ने भएका छन् । गाउँपालिका अध्यक्षका उम्मेदवार अजय स्व. नेता राजेन्द्र प्रसाद कुर्मीका छाेरा हुन् भने उपाध्यक्षकी उम्मेदवार कुन्ती कांग्रेस कालिकामाई गाउँपालिका सभापति छठु साहकी श्रीमती हुन् ।

गत बर्षकाे निर्वाचनमा कांग्रेसबाट गाउँपालिका अध्यक्षमा अजयका बुवा स्व. राजेन्द्र र उपाध्यक्षमा कुन्ती नै चुनाव लडेका थिए ।नेताहरुका अनुसार कालिकामाई गाउँपालिका अध्यक्षमा अजय र उपाध्यक्षमा कुन्तीले टिकट पाउने छन् । केही व्यक्तिहरुले जसपाबाट गाउँपालिका उपाध्यक्षकाे टिकट पाउने नसकेका एक ब्यक्तिलाई कांग्रेसमा ल्याएर टिकट दिलाउने याेजनाबद्ध तरिकाले कसरत गरिरहे पनि त्याे सम्भव नहुने नेतारुले वताएका छन् । यस अघि पनि गाउँपालिका अध्यक्षको टिकट अन्य एक व्यक्तिलाई पार्टीमा ल्याएर दिलाउने प्रयास गरेपनि त्याे प्रयास असफल भएकाे थियाे ।

अहिले आएर त्याे व्यक्तिलाई कुनै पार्टीले टिकट दिने नभएपछि स्वतन्त्र भएपनि वडाध्यक्षमा चुनाव लडने तयारी गरिरहेका छन् । यसैगरी कालिकामाई गाउँपालिकाकाे वडा नं. ४ प्रशुरामपुरका वडाध्यक्षका उम्मेदवार संजय साह गोण र वडा नं. ५ बिरन्चीबर्वाका वडाध्यक्षका उम्देवार माधाे चाैहान हुने टुंगाे लागे पनि अन्य वडाकाे लाग्न सकेकाे छैन् ।

बैशाख ३० गते हुने निर्वाचनकाे मनाेनयन दर्ता १४ दिन मात्र बाकी रहदा पनि सबभन्दा बढी वडा नं. १ मुडलीमा वडाध्यक्षकाे आकांक्षी धेरै भएका कारण उम्मेदवार छनाैट गर्न सकस देखिएकाे छ । वडा नं. १ का वडाध्यक्षका उम्मेदवारका आकांक्षी कार्यवाहक वडाध्यक्ष रामशिष यादव, रजाक मियाँ, रामविश्वास चाैहान, नेजामुदिन मियाँ, महन्थ पटेल, प्रभु साह र कमल पटेल रहेका छन् । त्यसैगरी वडा नं. २ मा वडाध्यक्षका उम्मेदवार हुने आकांक्षीमा रामराज चाैरसिया, माेनहर साह र अर्जुन राम रहेका छन् ।

वडाध्यक्षका उम्मेदवारका आकांक्षी मध्येका माेनहर गत बर्षकाे निर्वाचनमा कांग्रेसबाटै वडाध्यक्षमा चुनाव लडेका स्व. रामाधार साह तेलीका छाेरा हुन् । यसैगरी वडा नं. ३ काे वडाध्यक्षका उम्मेदवारका आकांक्षी रामबहादुर साह गाेढ, रामशिष चाैरसिया र फरिन्द्र पटेल रहेका छन् ।

Related posts

वीरगंज सिटी मार्केटमा ५३ जनाद्वारा रक्तदान

hamronepaldainik

लोकतन्त्र बलियो हुन प्रेस बलियो हुनुपर्छ ः महामन्त्री थापा

hamronepaldainik

मध्य नेपाल सन्देश साप्ताहिक पत्रिकाको आठौं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

hamronepaldainik
HamroNepalDainik