HamroNepalDainik.com
राजनीतिसमाचार

वीरगञ्जमा राजेशमान प्रतिको जनलहर बढ्दै

वीरगन्ज, ४ वैशाख / जनता समाजवादी पार्टी नेपाल (जसपा) का नेता राजेशमान सिंहले वीरगञ्जमा पार्टी प्रति आकर्षण बढ्दै गरेको बताएका छन् । पार्टीको निर्वाचन चीन्ह छाता छापप्रति वीरगञ्जका सम्पूर्ण वडामा आकर्षण बढिरहेको सिंहले बताएका हुन् ।
वीरगन्ज–१६ मा आयोजित घरदैलो तथा अगुवा कार्यकर्ता भेलाका क्रममा नेता सिंहले जसपाको चुनाव चिन्ह छता छाप प्रति बढेको जनलहरले पार्टीका उम्मेदवारहरुको जित सुनिस्चित भएको बताए । आसन्न स्थानीय तहको निर्वाचनका लागि जसपाबाट वीरगञ्ज महानगरको मेयरको उम्मेदवारसमेत रहेका सिंहले महानगरमा हालका निर्वाचित जनप्रतिनिधिले कुनै उपलब्धिमुलक काम नगरेको आरोप लगाउँदै जनताले छता छापलाई विकल्पका रुपमा लिएको दावी गरे । उनले जसपाका उम्मेदवारहरुले मात्र महानगरलाई विकास गर्न सक्ने बताए ।

सिंहले आफू महानगरको मेयरको रुपमा निर्वाचित भएपश्चात यहाँको सरकारलाई जनमैत्री र पारदर्शी बनाउने र जनताको घरदैलोसम्म सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । घरदैलोमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पनि सहभागिता जनाएका थिए ।
घरदैलो सहभागि पार्टीका नेताहरुले छाता छापमा मतदान गर्न आग्रह गर्दै अगाडी बढीरह्दा स्वागतमा स्थानीयहरुले जसपाका सम्पूर्ण उम्मेदवारहरुलाई छाता छापमा मतदान गरेर विजयी गराउने प्रतिबद्धता समेत दिएका थिए । स्थानीयहरुले वीरगञ्ज महानगरमा छाता छापको लहर, छाता छापमा भोट हालौं, राजेशमान सिंहलाई विजयी बनाऔं लगायतका नाराहरु समेत लगाएका थिए ।

Related posts

पकहामैनपुर गापाका विद्यालयहरुमा सेनेटरी प्याड वितरण

hamronepaldainik

पर्साको धोविनी गाउँपालिकाको वडा नं ४ को वडा अध्यक्ष पदमा बानिया मनोनयन दर्ता गराए

hamronepaldainik

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने

hamronepaldainik
HamroNepalDainik