HamroNepalDainik.com
समाचार

कांग्रेसले टिकट नदिएपछि पटेलले दिए स्वतन्त्र उम्मेदवारी

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं. ५ काे वडाध्यक्षमा दिलिप पटेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उनले आफ्नाे दलबलकाे साथ निर्वाचन अधिकृतकाे कार्यालय बिन्दवासिनीमा गएर उम्मेदवारी दिएका हुन् ।

नेपाली कांग्रेसले टिकट नदिएपछि आफुले स्वतन्त्र उम्मेदवारी दिएकाे पटेलले वताए ।

उनले भने “आफु लामाे समयदेखी कांग्रेस मै सक्रिय थिए । पार्टीले पनि आफुलाई नै टिकट दिने आश्वासन दिएकाे थियाे । तर अन्तिममा आएर अरुलाई टिकट दिएपछि आफु आज स्वतन्त्र उम्मेदवारी दर्ता गराएकाे छु । “

बैशाख ३० गते हुने निर्वाचनमा आफुले नै चुनाव पनि जित्ने उनले दाबी समेत गरे । कांग्रेसले साे वडामा वडाध्यक्षकाे टिकट सुकदेव राउत अहिरलाई दिएकाे छ ।

Related posts

पत्रकार महासंघ पर्सामा एकलौटी निर्णयको कार्य समिति सदस्यद्वारा नै विरोध

hamronepaldainik

मुद्दा शाखाका हवल्दार यादवले असुली गर्ने मनसायले कलवारलाई धम्की दिदै

hamronepaldainik

वीउवासंघको ४७ औं वार्षिक साधरणसभा सम्पन्न

hamronepaldainik
HamroNepalDainik