HamroNepalDainik.com
समाचार

आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिंदै

१७ वैशाख, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई आज निर्वाचन चिह्न प्रदान गर्दैछ ।

निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ ।

शुक्रबार निर्वाचन आयोगले उजरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रिनेछन् । उनीहरूलाई नै आज निर्वाचन चिह्न प्रदान गर्न लागिएको हो ।

उम्मेदवारहरूले निर्वान चिह्न पाएसँगै मौन अवधि सुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउनेछन् । मतदान यही वैशाख ३० गते हुनेछ । onlinekhabar

Related posts

आलम द्वारा मुखिया कप क्रिकेट प्रिमियर लिगको उद्घाटन

hamronepaldainik

ऋणिलाई जानकारी नै नदिई व्याजदर बढाउदै सिभिल बैंक, सेवा ग्राही मारमा

hamronepaldainik

एचएसएसद्वारा हिन्दु महिलालाई आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम

hamronepaldainik
HamroNepalDainik