HamroNepalDainik.com
समाचारस्थानिय

बुवाको सपना पुरा गर्न निर्वाचनमा होमिए : पत्रकार गिरी

वीरगन्ज, २१ वैशाख / राप्रपा पार्टीबाट वीरगन्ज महानगरपालिकामा मेयरका उम्मेदवारी दिएका पत्रकार गिरिस गिरीले बुवा स्व. गोपाल गिरीको अधुरो सपनालाई पुरा गर्न र नवीन वीरगन्जको निर्माण गर्नको लागि आफु निर्वाचनमा होमिएको बताए । उनले लामो समयदेखिको चाहना हो, मेरो हजुरबुवा, मेरो बुवाले यो नगरपालिकामा आफू पदावधिमा कार्यरत रहँदैखेरि ज्यान गुमाउनुभयो, मेरो पुर्खाहरुले नगरपालिकाको सेवामा रहेर आफूलाई बलिदानी गरेर उहाँहरुको सपनाको निम्ति आफैलाई यो मैदानमा उभ्याएको बताए ।
तत्कालीन वीरगन्ज नगरपालिकाका मेयर स्व. गोपाल गिरीका छोरा गिरिस गिरीले मेरो बुवाले उठाउनुभएको कदम जस्ताको त्यस्तै रोकिएको छ, २०६० साल पुस महिनामा यो वीरगन्जले प्राप्त गरेको घण्टाघर स्थित जग्गामा आजसम्म उद्यान बनेको छैन, रेल्वेको ट्रयाक प्रयोग गरेर चार लेनको त सडक बन्यो तर गोपाल गिरीले जुन भिजन राख्नुभएको थियो, शिक्षा, स्वास्थ्य यो सबै यथावत अवस्थामै रहेकोले त्यसलाई निरन्तरता दिन आफू चुनावी मैदानमा उत्रिएको बताए ।
विगत लामो समयदेखि पत्रकारिता गर्दै आएको गिरीले अझ मैले त्रिजुद्ध स्कुलमा पढ्दा अञ्चलाधिशको छोराहरुदेखि लिएर तत्कालीन अञ्चलाधीश डा. दुर्गाप्रसाद रिजाल, सिडिओ केशवराज भण्डारी लगायत मारवाडीको बालबालिकादेखि न्यून स्तरका ठेलागाडी चलाउनेहरुको बालबालिकाहरुसँगै बसेर पढ्ने गर्दथ्यो तर आजको नेपालमा त्यो कुरा कतैबाट सम्भव छैन भन्दै आजको नेपालमा बच्चा जन्मने वित्तिकै कुन वर्गको हो, कुन परिवारको हो भन्ने कुरा सिकाईन्छ, उसँग सम्पत्ति छ कि छैन, कुन स्कुलमा पढ्न जान्छ, उसको हुर्काइ कस्तो हुन्छ त्यही अनुसार त्यसको वर्गीकरण शुरु गरिन्छ, जबकी आज शिक्षामा समाजवाद उन्मुख राष्ट्र भनिन्छ तर त्यो समाजवाद आज कहाँ छ, त्यो समाजवाद त पहिला नै थियो, त्यसैले कागजमा समाजवाद होइन, पहिलाको समाजवाद फिर्ता ल्याउनका लागि मेरो उम्मेदवारी रहेको बताए ।
गोपाल गिरीले २०६० साल माघ १ गते बलिदानी दिने बेलामा उहाँको सपनाहरु जुन विन्दुमा गएर रोकिएका थिए म त्यही विन्दुबाट शुरु गर्न चाहन्छु, वीरगन्ज भनेको अमेरिका, अस्ट्रेलिया, मुम्बई जस्तो हो तर व्यवहारमा आज वीरगन्ज कहाँ छ ? भौतिक पूर्वाधारको हिसाबले यो सहर कुन अवस्थामा छ ? त्यहाँ निर म पु¥याउन चाहन्छु, उसको जुन हक अधिकारको त्यो दिलाउन चाहन्छु यसमा तपाई सबैको साथ र सहयोगको आवश्यक्ता रहेको बताए ।
जसले पैसा खर्च गरेर निर्वाचन लड्छ, उसँग म लड्न सक्दिन, म स्पष्ट हिसाबले जनतामा गएर आफ्नो कुरा राख्ने हो, यदि वीरगन्जको विकास चाहनु हुन्छ भने म यहाँहरुको अगाडि उभिएको छु, जहाँसम्म लोकतन्त्रको कुरा गर्ने हो भने लोकतन्त्रलाई सबैभन्दा ठुलो खतरा खर्चिलो निर्वाचन रहेको बताए । यो खर्चिलो निर्वाचन लोकतन्त्रको घातक रहेको भन्दै यो खर्चिलो चुनावलाई रोक्नुस्, यो स्थानीय निर्वाचन मात्रै होइन, प्रदेश र संघीय सबै निर्वाचनमा खर्चिलो रोक्नुपर्ने बताए । म वीरगन्जको सेवा गर्न आएको छु र यो अवसरमा मलाई राप्रपाले दिएको छ, त्यसैलाई मलाई सबैको साथ र सहयोगको आवश्यक्ता रहेको बताए ।

Related posts

गठबन्धनको पक्षमा मतदान गर्न कांग्रेस नेता रिजाल र चौरसियाको अपील

hamronepaldainik

थप ३,३८३ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

hamronepaldainik

पर्सेली पत्रकार जगतमा ‘हाम्रो नेपाल दैनिक’ अनलाइन पत्रिका संचालनमा

hamronepaldainik
HamroNepalDainik