नेकपा एकीकृत( समाजबादी )का उमेदवारहरुले आफ्नो प्रचार अभियानलाई तिब्र बनएका छ्न ।
बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई मध्यनजर गरि सो पार्टीका विभिन्न तहका उमेदवारहरुले मोटर साइकल रैली , घरदैलो र रात्रीसभा गरेका छ्न ।
कलम चिन्हमा मतदान गर्न आग्रह गर्दै पकहामैनपुरका प्रमुखका उमेदवार मदन हजरा र उपप्रमुखका उमेदवार नेजमा खातुनले मोटर साइकल रैली निकालेका थिए ।
नेकपा एकीकृत समाजबादिका सम्पर्क कार्यालय पकहा बाट निसकेको रैली सम्पुर्ण पालिका परिक्रमा गरि पुनः सम्पर्क कार्यालय पुगि समापन भएको थियो ।
त्यस्तै बिरगंज महानगरपालिकाको वार्ड न . ०१ का वार्ड अध्यक्षका उमेदवार बिरेद्र कन्ठले कलम चिन्हमा मतदान गर्न आग्रह गर्दै घरदैलो गरेका छ्न ।
त्यस्तै बिरगंज वार्ड न . २६ का वार्ड अध्यक्षका उमेदवार हिरा अन्सारीले पनि घरदैलो गरि आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छ्न ।
त्यस्तै बिरगंज वार्ड न. १७ का अध्यक्षका उमेदवार रमेश चौधरीले रात्री सभाको आयोजना गरि आफ्नो पक्षमा मतदान गर्न आग्रह गरेका छ्न । जसमा पार्टीको बिरगंज महानगर अध्यक्ष मनोज चौधरी , सचीव बृजलाल पासवानले मन्तब्य व्यक्त गरेका थिए ।