HamroNepalDainik.com
समाचार

उम्मेदवारले अन्य दलको चुनाव चिह्न र झण्डा प्रयोग नगर्नू : निर्वाचन आयोग

२४ वैशाख, काठमाडौं । निर्वाचन आयोगले आफू उम्मेदवार भएको दलबाहेक अरु दलको झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आग्रह गरेको छ । आयोगले शनिबार एक विज्ञप्ति जारी गरी कतिपय उम्मेदारले अन्य दलको झण्डा प्रयोग गरेर चुनाव प्रचार गरेको उजुरी परेको बताएको छ ।

चुनाव प्रचारका क्रममा दलको एउटा झण्डा र एउटा चिह्न प्रयोग गर्न सकिने भए पनि अन्य दल तथा उम्मेदवारको झण्डा र चिह्न प्रयोग गर्नु निर्वाचन आचार संहिता विपरीत हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

मतदातालाई भ्रम सिर्जना गर्ने गरी आफू उम्मेदवार भएको दलबाहेक अन्य दलको झण्डा तथा चिह्न प्रयोग गरेमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको मानी कानून बमोजिम कारवाही हुने उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

निर्वाचन आचारसंहिता अनुसार ३ फिट लम्बाइ र ३ फिट चौडाइको झण्डा र सोही नापको चुनाव चिह्नबाहेक दलको प्रचार प्रसार गर्ने उद्देश्यले डिजिटल बोर्ड, फ्लेक्स, बोक्न र श्रव्य दृश्य सामग्री बजाउन नपाउने आयोगले जनाएको छ । आचार संहितामा उल्लेख भए भन्दा फरक ढंगले झण्डा वा चुनाव चिह्न प्रयोग गरेमा कारबाही गरिने आयोगले जनाएको छ । onlinekhabar

Related posts

वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवाल

hamronepaldainik

तलब नपाएको भन्दै निजी विद्यालयका शिक्षकले महानगर प्रमुखलाई बुझाए ज्ञापन

hamronepaldainik

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा दवारा र्याली तथा कोण सभा सम्पन्न

hamronepaldainik
HamroNepalDainik