HamroNepalDainik.com
समाचारस्थानिय

बिन्दवासिनी गाउँपालिका अध्यक्षमा लोसपा बाट तिवारी र उपाध्यक्षमा एमाले बाट चाैरसिया विजयी

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिका अध्यक्षमा लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका प्रमाेद तिवारी र उपाध्यक्षमा नेकपा एमालेकी ज्याेति देवी चाैरसिया विजयी भएका छन् ।
गाउँपालिका अध्यक्षमा लाेसपाका उम्मेदवार तिवारी ४ हजार १४१ मत ल्याएर विजयी भएकाे निर्वाचन अधिकृतकाे कार्यालय बिन्दबासिनीले जनाएकाे छ । उनकाे निकतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका विवेक चाैरसिया ३ हजार ४६८ मत प्राप्त गरेका छन् । तिवारी ६७३ मतले विजयी भएका हुन् ।
एमालेका गम्भिरा साह तेली १ हजार ८८९, जनता समाजवादी पार्टी (जसपा) नेपालका निर्वतमान गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु १ हजार २ सय ९२ मत र नेपाल सुशासन पार्टीका मधुसुधन चाैरसिया ५९९ मत ल्याएका छन् ।
गाउँपालिका उपाध्यक्षमा एमालेकी ज्याेति देवी चाैरसिया २ हजार ३६६ मत ल्याएर विजयी भएकी छन् । उनकाे निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रकी सुनिता चाैरसिया २ हजार २८७ मत प्राप्त गरेका छन् । एमालेकी ज्याेति माओवादीकी ज्याेति भन्दा ७९ मत बढी ल्याएर विजयी भएकी हुन् ।
कांग्रेसकी किरण देवी गुप्ता २‍ हजार २८१ मत, लाेसपाकी अनिता देवी गुप्ता १ हजार ६११ मत र जसपाकी मिरा ठाकुर १२०८ मत पाएका छन् ।
५ वटा वडा रहेकाे गाउँपालिकाकाे ३ वटा वडामा कांग्रेस र एक/एक वटा वडामा जसपा र माओवादी विजयी भएकाे छ ।
वडा नं. १ काे वडाध्यक्षमा जसपाका अकक्षय लाल महताे, वडा नं. २ मा कांग्रेसका मुक्तीनाथ प्रसाद कुर्मी, वडा नं. ३ मा कांग्रेस कै जयप्रकाश चाैरसिया, वडा नं. ४ मा पुन: कांग्रेस कै अनाेज चाैरसिया र वडा नं. ५ मा माओवादी केन्द्रका माेहन राउत अहिर विजयी भएका बिन्दवासिनी गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत अरुण कोईरालाले बताएका छन् ।

Related posts

खाद्य सुरक्षा सुधार गर्न माटोबाट हुने रोगहरू न्यूनीकरण गरिने

hamronepaldainik

नेविसंघ ठाकुर राम एकाई समितिका सभापति मनोज कुमार साह को नेतृत्व मा हरिखेतान क्याम्पसको मुल गेटमा १ घण्टा धर्ना

hamronepaldainik

बैंक तथा वित्तीय संस्थाको कुन क्षेत्रमा कति लगानी ?

hamronepaldainik
HamroNepalDainik