HamroNepalDainik.com
समाचारस्थानिय

वीरगन्ज २० को सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु हुने पहिलो निर्णय गरियो

वीरगन्ज,१३ जेठ /
वीरगन्ज महानगरपालिका वडा नम्बर २० का नवनिर्वाचित वडाअध्यक्ष रामकिशोर सिंह (पराग)ले कार्यभार सम्हालेका छन ।
बिहिबार वीरगन्जको पुरानो बसपार्कमा आयोजित पद तथा गोपनीयताको शपथग्रहणपछि सिंहले आज कार्यभार सम्हालेका हुन ।
वडाअध्यक्ष सिंहले श्री नेपाल रास्ट्रिय आधारभूत बिधालय अपौनी र श्री निरन्जन शाह कलवार आधरभुत बिधालय हरपतगन्जमा अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गराउने पहिलो निर्णय गरेका छन ।
वडावासीले बोकाएको ठुलो जिम्मेवारी पूरा गर्नु नै ठूलो काम भएको उनले बताए । उनले वडाका कर्मचारीहरूलाई वडावासीको काममा लाग्न निर्देशन दिए । यस्तै पुर्व वडाअध्यक्ष पारस यादवलाई सम्मान पत्र प्रदान गर्दै विदाई गरीएको छ ।
बैठकमा वडा सदस्यहरु प्रधुमन यादव ,अफरोज अंसारी ,संगीता देवि ,सरदा देवी , वडा सचिव ओमप्रकाश यादव , सहायक वडा सचिव सुर्यकान्त झा लगायत सहभागी थिए ।

Related posts

वीरगंज–१९ बर्वामा नालामाथी बनेको घरटहरा माथि चल्यो डोजर

hamronepaldainik

एमाले विधान महाधिवेशन : न उत्साह, न एकता

hamronepaldainik

वीरगंज उद्योग वाणिज्य संघको अध्यक्षमा अग्रवाल

hamronepaldainik
HamroNepalDainik