HamroNepalDainik.com
समाचारस्थानिय

कार्यपालिका निर्वाचनमा एमालेले ६ सदस्य जित्दा जसपाका अस्लम आलम पनि विजयी

वीरगञ्ज १९ पर्सा,

पर्साको पर्सागढी नगरपालिकाको कार्यपालिकाको सदस्यमा नेकपा एमालेका ६ , जजसपाका १ र लोसपाका १ जना विजयी भएका छन् ।

कार्यपालिका सदस्यका लागि बिहीबार भएको निर्वाचनमा ८ मध्ये ६ सदस्य एमालेले जितेको हो । ५ जना महिला सदस्यमा एमालेकी सीता देवी लामा , श्रीचन्दा देवी थरुनी , सबिता गिरी , लक्ष्मी विश्वकर्मा र लोसपासकी ुनिता कुमारी देवी विजयी भएकी हुन् । दलित वा अल्पसंख्यक सदस्यमा भने जसपाका असलम आलम तथा एमालेका मोहनलाल महत्तो र दिल बहादुर भुजेल निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा ४७ जना मतादाता रहेका थिए ।

बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा पर्सागढी नगरपालिकामा एमालेले मेयर र उपमेयर सहित दुइ वडा अध्यक्ष , जसपाले दुइ वडाअध्यक्ष , काँग्रेसले तीन वडाअध्यक्ष , लोसपाले एक वडाअध्यक्ष र एउटा वडामा स्वतन्त्र उम्मेदवार वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

Related posts

आदित्य इजुकेशनल ईन्स्टिच्युशन द्वारा बिरगंजमा अभिभावकहरुको सम्मान कार्यक्रम समपन्न

hamronepaldainik

विद्यालयमा अध्ययनरत २७ जना छात्राहरुलाई साइकल वितरण

hamronepaldainik

प्रहरी चौकी प्रसौनीका ईन्चार्ज यादवको नेतृत्वमा तस्करी

hamronepaldainik
HamroNepalDainik