HamroNepalDainik.com
समाचारस्थानिय

पोखरियाको विकासका लागी पुर्व मेयर देखी प्रदेश सांसद सम्मको प्रतिनिधिमण्डल जनकपुरमा

वीरगञ्ज, पर्साको सदरमुकाम वीरगञ्ज भन्दा ११ किलो मिटर पश्चिममा जिल्लाको मध्य भागमा दोस्रो सदरमुकामको रुपमा रहेको पोखरिया नगरपालिका विकासको सन्दर्भमा फड्को मार्ने देखिएको छ ।

पोखरिया नगरपालिकाको विकासका लागी नव निर्वाचित नगर प्रमुख प्रधुमन चौहानको नेतृत्वमा पुर्व मेयर देखी प्रदेश सांसद सम्मको प्रतिनिधिमण्डल मधेस प्रदेशको राजधानी जनकपुरमा पुगेको हो । नगरपालिका विकासको दृष्टिले अत्यन्त पिछिडिएको अवस्थामा रहेको छ ।

आर्थिक वर्ष २०७९/०८० को लगी प्रस्तावित हुने वजेट तथा कार्यक्रममा नगरपालिका भित्र सरकारी सेवा सुविधा छिटो र छरितो प्रदान गर्नेसहित विकासको खोला कसरी बगाउने सन्दर्भमा प्रतिनिधिमण्डल राजधानी पुगेको प्रदेश सांसद प्रहलाद गिरीका सवकिय सचिव सुजित गिरीले बताउनुभयो ।

मदेश प्रदेशका मुख्य मन्त्री लालबाबु राउत गद्दी र भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव संग पालिकाबाट गएका प्रतिनिधिमण्डल विच छलफल भएको छ । छलफलमा मुख्य मन्त्री गद्दी समक्ष पोखरीया अस्पतालमा जडान भएको Oxyen Plant, West Mgmt, Pipe Line को एक करोड तीन लाख भुक्तानी गर्न बाँकी रहेको र पोखरीया नगरपालिका अन्तर्गत सम्पुर्ण वडामा सौन्दर्यकरण कार्यक्रम सञ्चालान गर्ने प्रस्ताव पेस भएको छ ।

त्यसतै छलफलमै भौतिक पुर्वाधार विकास मन्त्री यादव समक्ष पोखरिया नगरपालिका भित्र रहेको मुख्य सडक कालोपत्र गर्ने, नगर सभा गृह निमार्ण गर्ने, नगर स्थरिय रंगशाला निमार्ण गर्ने, नगर चक्रपथ निमार्ण गर्ने लगायत अन्य प्रस्ताव पेस भएको वकिय सचिव गिरीले बताउनुभयो ।

प्रतिनिधिमण्डलमा पोखरिया नगरपालिकाका नगर प्रमुख प्रधुमन चौहानको, पर्सा निर्वाचन क्षेत्र नं. ३(क) का अब्दुल रहिम अंसारी, निर्वाचन क्षेत्र नं. ३(ख) का प्रहलाद गिरी गोस्वामी, पुर्व नगर प्रमुख मन्टु रौनियार, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत अशोका रौनियार, मेयर पदका उमेदवार निजामुदिन समानी, नेकपा एमालेका जिल्ला इन्चार्ज प्रभु हजरा, पालिकाका सम्पुर्ण वडाध्यक्षहरु लगायत युवा नोता राकेश महतो रहेका थिए ।

Related posts

समान चोरी गरेको आरोपमा जिन्सी शाखाका कर्मचारीहरु पदमुक्त , छानबिन समिति गठन

hamronepaldainik

वडाध्यक्ष कुटने सई साहमाथि कांग्रेसद्वारा कारबाहीकाे माग

hamronepaldainik

प्रदेश न. २ का सरकारले बेटी बचाऊ बेटी पढाउको नाउमा भ्रष्टाचार गरेको अख्तियारको आरोप

hamronepaldainik
HamroNepalDainik