HamroNepalDainik.com
बजारसमाचार

चिनीको मूल्य प्रतिकिलो २० रुपैयाँले बढयो

२९ जेठ,  खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले महँगिएको छ । बजार मूल्य हस्तक्षेप गर्ने सरकारी निकाय मौन बस्नु र चिनी उत्पादकले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव देखिएको छ । तर, यही मौकामा सीमित व्यापारीहरुले चिनीको मूल्यमा मनपरी गरेका छन् ।

नेपाल खुद्रा व्यापार संघकाअनुसार चिनीको खुद्रा मूल्य ९० रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको छ । संघले सार्वजनिक गर्ने मासिक खुद्रा बजार मूल्य विवरणअनुसार २०७८ असारमा चिनीको मूल्य ९० रुपैयाँ किलो थियो । तर, ११ महिनाको समीक्षा अवधिमा चिनीको खुद्रा मूल्य ११० रुपैयाँ पुगेको संघकी तथ्यांक अधिकृत ज्योती थापाले बताइन् ।

संघका अनुसार सरकारले आफ्नो स्वमित्वको संस्थानलाई चिनी ल्याउन नदिएपछि व्यापरीले १० रुपैयाँले बढाएर एक सय रुपैयाँ पुगेको चिनीको मूल्य भारतले चिनी निर्यातमा रोक लगाए पछि थप १० रुपैयाँले बढेको हो ।

Related posts

नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय सदस्यमा सहनि निर्विरोध निर्वाचित

hamronepaldainik

सशस्त्र प्रहरीद्वारा भारी मात्रामा लागू औषध गाजा बरामद

hamronepaldainik

दिदी बहीनी दुबै जनाले एकैपटक लोक सेवामा नाम निकाल्न सफल

hamronepaldainik
HamroNepalDainik