HamroNepalDainik.com
समाचारस्थानिय

छडके अनुगमनको प्रभावले बिन्दवासिनी गाउँपालिका वडा नं. ३ ईटियाहीमा अभिवावक भेला सम्पन्न

वीरगंज ०४ असार ।

पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. ३ स्थित श्री नेपाल स्काउट निम्न माध्यमिक बिद्यालय ईटियाहिमा अभिभावक भेला सम्पन्न भएको छ ।
केही दिन पहिला विन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी, उपाध्यक्ष ज्योति चौरसिया , प्रमुख प्रशासकीय अधिकृत राजु साह लगायतको टिमले उक्त विद्यालयमा अनुगमन गरी विभिन्न सल्लाह सुझावका साथै निर्देशन समेत दिएका थिए ।
सोही अनुसार शनिवार विद्यालयमा अभिभावक भेला गराई विद्यार्थीहरुलाई सधै स्कूलमा पठाउन अभिभावकहरु सँग आग्रह गरेका थिए । सो भेलामा अभिभावकहरुले स्कूलमा शिक्षाको स्तरबृद्धि गर्नका लागि विषयगत शिक्षकहरुको व्यवस्थापन गर्न, विद्यालयको भौतिक पूर्वाधार जिर्णरहेकोले तत्काल निर्माण गर्न, शिक्षकहरुले पनि समयमै स्कूल आई विद्यार्थीहरुलाई शान्त वातावरणमा पठनपाठन गराउन लगायतका मागहरु सरोकारवालाहरु सँग राखेका थिए । सो भेलाले पुनः अर्को अभिभावक भेला राखी विद्यालय व्यवस्थापन समिति गठन गर्ने निर्णय समेत भएको जनाईएको छ ।
वडा अध्यक्ष जयप्रकाश चौरसियाको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि लक्ष्मण चौरसिया, विद्यालयका प्राधानाध्यापक प्रमोद चौरसिया, त्यसैगरी महेन्द्र साह, संतोष चौरसिया, मुनिलाल दास, देवनारायण साह, स्थानिय अभिभावक, बुद्धिजीवी, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।

Related posts

सर्लाहीमा कांग्रेसको वडा अधिवेशनमा गोली चल्यो

hamronepaldainik

पत्रकार साह माथी दुर्ब्यवहार गर्ने प्रहरीलाई कारवाहीकाे माग

hamronepaldainik

कालिकामाईकाे गदियानीमा नेपाली कांग्रेसकाे टाेल समिति गठन

hamronepaldainik
HamroNepalDainik