HamroNepalDainik.com
समाचारस्थानिय

बिन्दवासिनी गाउँपालिकाको ११ औ गाउँसभा, नीति तथा कार्यक्रम सम्पन्न

वीरगञ्ज, ९ अषाढ । पर्साको बिन्दवासिनी गाउँपालिका आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम ल्याउने जिल्लाकै पहिलो स्थानीय तह बनेको छ ।

जिल्लाका १४ वटा स्थानीय तहमध्ये बिन्दवासिनी गाउँपालिका बिहिबार आफ्नो ११ औँ गाउँसभाबाट आगामी आर्थिक वर्ष २०७९÷८० को लागि नीति तथा कार्यक्रम स्वीकृती गराई पहिलो स्थानीय तह बनेको हो । गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीको अध्यक्षतामा आयोजना भएको गाउँसभाको अतिथीहरुमा वडा नं. १ का वडाध्यक्ष अक्षयलाल महतो, वडा नं. २ का वडाध्यक्ष मुक्तिनाथ प्रसाद कुर्मी, वडा नं. ३ वडाध्यक्ष जय प्रकाश चौरसिया, वडा नं. ४ का वडाध्यक्ष अनोज कुमार चौरसिया र वडा नं. ५ का वडाध्यक्ष मोहन राउत अहिर लगायत वडा सदस्यहरु को उपस्तिथी रहेको थियो ।नीति तथा कार्यक्रम अध्यक्ष तिवारीले प्रस्तुत गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष तिवारीले आगामी वर्षको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिइएको बताए । अध्यक्ष तिवारीले शिक्षा, स्वास्थ्य र कृषिनै गाउँपालिकाको विकास र समृद्धिको प्रमुख आधार भएकोले यसलाई प्राथमिकता दिइएको बताए । त्यसैगरी तिवारीले गाउँपालिकाबाट उपलब्ध हुने सेवा प्रवाहलाई पनि चुस्त दुरुस्त बनाउँदै विकास निर्माणका कार्यक्रमलाई समयमै सम्पन्न गर्दै बजेट फ्रिज हुन् नदिनु आफ्नो प्रमुख एजेण्डा रहेको बताए । उनले यसका लागि जनप्रतिनिधि र कर्मचारीहरुको सहयोग अपरिहार्य भएको बताए । उनले गाउँपालिकाबाट आवश्यकहरु पारित गराई स्थानीय जनतालाई आभास दिलाइने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहले गत वर्षहरुको तुलनामा यसपटक विन्दवासिनीको नीति तथा कार्यक्रमले सबै क्षेत्रलाई समेटेको बताए । उनले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार विकास, सडक, नाला, रोजगार जस्ता सम्पूर्ण महत्वपूर्ण विषयलाई नीति तथा कार्यक्रममा प्रथामिकता दिइएको बताए ।

गाउँसभामा कार्यपालिका सदस्य मान्ती देवी, कुसमी कुमारी देवी, धनपति तत्मीन, रिमा कुमारी देवी, अशोक कुमार गुप्ता, शम्भु प्रसाद बरै, वडा सदस्य, स्थानिय बुद्धिजिवि, समाजसेवी,कर्मचारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण रामप्रवेश साहले गरेका थिए ।

Related posts

राष्ट्रिय सहारा दैनिककाे २० औं बार्षिकाेत्स सम्पन्न

hamronepaldainik

पटेर्वा सुगौलीको सातौं गाउँ सभा सम्पन्न

hamronepaldainik

वीरगञ्जमा प्रदेश नं १ का होटल तथा पर्यटन व्यवसायीलाई भव्य स्वागत

hamronepaldainik
HamroNepalDainik