HamroNepalDainik.com
समाचार

समाजबादी प्रेस संगठन नेपाल मधेस प्रदेस समितिको बिस्तारित बैठक बिरगंजमा सम्पन्न

बिरगंज १७ असार ।
समाजबादी प्रेस संगठन नेपाल मधेस प्रदेस समितिको बिस्तारित बैठक बिरगंजमा सम्पन्न भएको छ ।
बैठकले श्रावण २८ र २९ गते मधेस प्रदेशको अधिबेशन गर्ने निर्णय गरेको छ । प्रदेश अधिबेशन अगावै श्रावण १५ गते भित्रैमा आठ वटा जिल्लाकै जिल्ला अधिबेशनहरु समेत गर्ने निर्णय गरेको छ ।
संगठनका प्रदेश संयोजक बृजलाल पासवानको अध्यक्षता र नेकपा ( एकीकृत समाजबादी ) का पोलिटब्युरो सदस्य रामचन्द्र साहको बिशेष उपस्थितमा सम्पन्न बैठकले असार मसान्त भित्रमा आठ वटै जिल्लाका सदस्यहरुको अध्यावधी गरि प्रदेश समितीमा बुझाउने निर्णय समेत भएको संगठनका संयोजक बृजलाल पसावानले बताउनु भयो ।
बैठकले संघ र प्रदेश निर्वाचन केन्द्रित प्रचार अभियान चलाउने निर्णय गर्नुको साथै समाजबादी प्रेस संगठनका उपाध्यक्ष सितल साह बृहतर जनकपुर बिकास परिषदको अध्यक्ष र संगठनका सिरहा अध्यक्ष राजकुमार राउत सुरुङ्गा ना .पा -१ का वार्ड अध्यक्षमा निर्वाचित हुनुभएकोमा बधाई एवं सम्मान व्यक्त गरेको छ । बैठकमा केन्द्रिय प्रचार बिभागका सचिव प्रकाश खतिवडा , संगठनका उपाध्यक्ष सितल साह , महासचिव भुपराज खडका , नेकपा एस पर्साका कार्यवाहक अध्यक्ष गंगा खडका , संगठनका प्रदेश इन्चार्ज सुबास साह , सह – इन्चार्ज राघव साह लगाएतले मन्तव्य ब्यक्त गर्नु भएको थियो भने संचालन रमेश सुबेदीले गर्नु भएको थियो ।

Related posts

महिलालाई आत्मनिर्भर बनाउन महानगरले काम गरिरहेको छ ः मेयर सिंह

hamronepaldainik

बाढी-पहिरोले काठमाडौं उपत्यकामा ३४ जनाको मृत्यु

hamronepaldainik

ठेक्केदार सिंगासनले भ्रष्टाचारको पैसाबाट चुनाव जितने दाउमा

hamronepaldainik
HamroNepalDainik