HamroNepalDainik.com
समाचारस्थानिय

कालिकामाई गाउँपालिकामा उपाध्यक्षले आफ्नो स्वार्थपुर्ति गर्न खोज्दा परिषद् अन्यौल

वीरगंज १८ असार ।
पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाको उपाध्यक्ष तथा केही वडाध्यक्ष सहित जनप्रतिधिनिहरुले आफ्नो स्वार्थपुर्ति गर्नमा लागेपछि गाँउ परिषद हुन नसकेको जनाईएको छ ।
स्थानिय तहको गाँउ परिषद असार १० गते भित्र हुनु पर्ने कानुनी प्रावधान रहेको भएपनि गाउँपालिकाको उपाध्यक्ष राजमती देवि बरैनीले एकलै २.५ करोड भन्दा बढी र वडा नं. २ का वडाध्यक्ष सोनालाल चौरसिया तथा वडा नं. ४ का वडाध्यक्ष संजय साह गोढले एकलै १.५ – १.५ करोड बजेट मागेपछि बिवाद खडा भएको जनाईएको छ । उपाध्यक्ष लगायत केही जनप्रतिनिधिहरुले आफुलाई अरुसँग मतलब नरहेको हामीले मागेजतिको बजेट नदिए हामी परिषद् हुन नदिने अडान राखेपछि परिषद् अन्यौल भएको छ ।
गाउँपालिका अध्यक्ष बशिष्ठ गुप्ता सँग परिषद् हुन नसकेको बारेमा बुझदा उनले बजेट भागबन्डा आधारमा होईन आवश्यकताको आधारमा दिने बताउदै उपाध्यक्ष तथा २ वटा वडाध्यक्षहरुको मात्र आपत्ती रहेको बताए । गाउँपालिका अध्यक्ष गुप्ताले बजेट सम्बन्धी खासै बिवाद नरहेको बताउदै ४–५ दिनमा गाँउ परिषद हुने बताए ।
गाउँपालिका कसैको एकलौटी नरहेकोले मलाई पनि बजेटको आवश्यक्ता छैन, पालिकाको सम्पूर्ण बजेट एकै ठाउँमा राख्ने, योजना छनौट गरी सबैको सहमतीमा हरेक वडामा आवश्यक्ता अनुसार खर्च गर्ने आफ्नो सोंच रहेको अध्यक्ष गुप्ताले बताए ।
अध्यक्ष गुप्ताले हरेक स्कूलमा बायोमेट्रिक हाजरी, हरेक स्कूलमा ईन्भटर व्याट्री, हरेक स्वास्थ्यचौकीमा ल्याब सञ्चालन गर्नु पर्ने, हरेक पोलमा लाईट लगाउनु पर्ने, विपद व्यवस्थापन गर्नु पर्ने, प्रशासनिक सुधार गर्नु पर्ने, हरेक स्कूलमा कम्प्युटर कक्षा सञ्चालन गर्नु पर्ने लगायतका थुप्रै कामहरु गर्नु पर्ने भएकोले सबै जनप्रतिनिधिहरुले आफ्नो भलो मात्र नसोंची पालिकावासीको चौतर्फि विकासका लागि एकजुट भई काम गर्न आग्रह समेत गर्नु भएको छ ।
राजस्व बाडफाँडमा केही विवाद भए पछि राजस्व परामर्श समितिको संयोजक उपाध्यक्ष नै रहने प्रावधान भएको हुदा राजस्व परामर्श समितिको बैठक हुन् नसकेको कारण थप समस्या भएको र छिटै समस्या समाधान गरी परिषद् गर्ने अध्यक्ष गुप्ताले बताए ।
यस सन्दर्भमा वडाध्यक्ष सोनालाल चौरसियाले वडाको समस्या हरेक वडाध्यक्षले बुझेकाले आफुहरुले जनसंख्याको आधारमा बजेट बिनियोजन गर्नुपर्ने वा विगतमा हरेक वडामा छुटयाईने गरेको बजेटको सिलिंग अनुसार नै हरेक वडामा बजेट छुटयाउनु पर्ने माँग राखेकाले पालिका अध्यक्ष बशिष्ठ गुप्ताले मान्न तयार नभएकाले परिषदमा ढिलाई भएको बताए ।
गाउँ परिषद समय मै नहुँदा गाउँपालिकाको विकास निर्माणको काम लगायत कर्मचारीहरुको तलबभता खुवाउने काम समेत प्रभावित हुने देखिएको छ ।

Related posts

यातायात कार्यालय सवारी चालक अनुमति पत्र शाखामा घुसको रकम फालाफाल

hamronepaldainik

लोकप्रिय बन्दै बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अजय कुमार चौरसिया र श्याम पटेल

hamronepaldainik

बिन्दवासिनी जनस्वास्थ्य प्रयोगशालाको उदघाटन सम्पन्न

hamronepaldainik
HamroNepalDainik