HamroNepalDainik.com
समाचार

बिरगंजमा मुख्यमन्त्री राउत र मुस्लिम आयोगका अध्यक्ष अंसारीको पुतला दहन

बिरगंज १९ असार । रोहिंगिया मुस्लिमलाई देशबाट निकाला गर्नुपर्ने माँग राख्दै हिन्दुवादी संगठनले वीरगन्जमा विरोध प्रर्दशन गर्दै मधेश प्रदेशका मुख्यमन्त्री र मुस्लिम आयोगका अध्यक्षको पुतला दहन गरेका छन । शरणार्थीको रुपमा म्यानमार, बांग्लादेश, भारत र पाकिस्तान लगायतको देशबाट आएका रोहिंगिया मुस्लिमहरुलाई मुख्यमन्त्री लालबाबु राउत गद्दी र आयोगका अध्यक्ष समिम अंसारीले संरक्षण गरेको भन्दै पुतला जलाएर विरोध गरेका हुन ।

स्थानिय प्रहरी प्रशासनको कडा सुरक्षाका विच विश्व हिन्दु परिषद नेपाल पर्साका कार्यकर्ताहरुले प्रहरीलाई चुनौती दिदैं मुख्यमन्त्री लालबाबु र आयोगका अध्यक्ष अंसारीको पुतला दहन गर्न सफल भएका हुन । प्रहरीले हस्तक्षेप गरी पुतला नियन्त्रणमा लिन खोज्दा प्रहरी र परिषदका कार्यकर्ता विच केहि बेर घम्साघम्सी समेत भएको थियो ।

रोहिंगिया मुस्लिमहरु देशको लागि घातक रहेको भन्दै देशनिकाला गर्नुपर्ने मुख्य माँग गर्दै वीरगन्जमा विरोध प्रर्दशन गरेका हुन । वीरगन्जको माईस्थानमा भेला भएको परिषदका कार्यकर्ताहरुले वीरगन्जमा विरोध जुलुस प्रर्दशन गरेका थिए । उनीहरुले रोहिंगिया मुस्लिमलाई देशनिकाला गर, रोहिंगियालाई नेपाल प्रवेश गराउँनेलाई कारवाही गर, मुस्लिम आयोग खारेज गर, ल्याउँन लागेको मदर्सा शिक्षा विद्येयक खारेज गर, समिम मियाँ अंसारी मुर्दाबाद लगायतको नारा लगाउँदै विरोध जुलुस नगर परिक्रममा गरेको थियो ।

माईस्थान मन्दिर प्राङ्गणबाट निकालिएको विरोध जुलुस, महाविरचौक, आर्दशनगर, अलखियामठ, विर्ता, गणेशमानचौक, माईस्थान हुदै घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै परिषदका अध्यक्ष बृजेश मल्लिकले रोहिंगिया मुलुक देशको लागि खतरा रहेको भन्दै देश निकाला गर्नुपर्ने माँग गरे ।

रोहिंगिया कट्टर मुस्लिम भएका कारण उनीहरुलाई मुस्लिम राष्ट्रले समेत आफनो देशमा प्रवेश गर्न नदिएको अवस्थामा नेपालमा प्रवेश गराएका यिनिहरुले भोलीका दिनमा नेपालमा ठूलो दुर्घटना निम्त्याउँन सक्ने भएकोले सरकारले अविलम्ब कारवाही गरी देश निकाला गर्नुपर्ने उनले माँग गरे । आफूहरुको माँगलाई राज्यले वेवास्था गरे देशभरी नै कडा आन्दोलन गर्ने चेतावनी समेत उनले दिए ।

साथै उनले न्यून संख्यामा आएका रोहिंग्या शरणार्थीहरू अहिले केहि संख्या बढेकोमा शरणार्थी परिचयपत्र, भत्ता र रोजगारीको माँग गर्दै आन्दोलन गरी रहेका छन, हरेक नेपालीको अधिकारमाथि कब्जा जमाउँन खोजेका छन , जुन राष्ट्रको लागि घातक छ, यिनलाई संरक्षण दिने मुस्लिम आयोगका अध्यक्ष अंसारीलाई समेत कारवाही गर्न माँग गरेका हुन ।

हालै जसपाका अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री गद्दी, आयोगका अध्यक्ष अंसारी लगायतको सहभागितामा इस्लामिक संगठन जमियत उलेमा ए—नेपाल नामक संगठनले साँत बुन्दे प्रस्ताव ल्याएपछि नेपाली जनता आन्दोलित बनेका हुन । ईस्लामिक संगठनले ल्याँएको प्रस्तावहरु समाजिक सदभावलाई खलल पार्ने एवं बहुसंख्यक नेपाली जनताको भावना विपरित रहेको भन्दै प्रस्ताव खारेजीको माँग गर्दै देशभरी नै आन्दोलन शुरु भएको छ ।

ईस्लामिक संगठनले बक्फ बोर्ड गठन, मदरसा विधेयक, नेपाल पसेका राहिंगिया, बंगलादेशी, भारतीय र पाकिस्तानी मुस्लिमलाई आधिकारीकता दिन र मुस्लिम परिवार कानून लगायत साँत बुन्दे माँग प्रस्ताव पारित गरेका थिए । मुस्लिम संगठनले ल्याएको प्रस्तावहरु देशको समाजिक सदभावलाई खलल पार्ने एवं बुहसंख्यक नेपाली जनताको भावना विपरित रहेको भन्दै खारेजीको माँग राख्दै उनीहरु आन्दोलनमा उत्रेका हुन ।

Related posts

वीरगञ्ज महानगर : बजेटमा सबैको अपनत्व दिलाउने प्रयास

hamronepaldainik

न्युज लेखेको भन्दै पत्रकार राहुल गुप्तामाथि ज्यान मार्ने धम्की

hamronepaldainik

अवधि नपुगी कर्मचारी सरुवा गर्नेमाथि कारबाही हुने : अख्तियार

hamronepaldainik
HamroNepalDainik