HamroNepalDainik.com
समाचार

पर्साका सांसद प्रदीप यादव वन तथा वातावरणमन्त्री बन्ने निश्चित

वीरगन्ज ,१९ असार ,

पर्सा क्षेत्र नम्बर १ सांसद प्रदीप यादव , संघीय सरकारको मन्त्री बन्ने निश्चित भएको छ ।यादव , वन तथा वातावरण मन्त्री बन्ने पक्का भएको छ ।

जनता समाजवादी पार्टी (जजसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आइतबार बेलुकी प्रधानमन्त्री शेर बहादुर देउवालाइ बुझाएको तीन जना नयाँ मन्त्रीहरुको सुचीमा यादवलाइ वन तथा वातावरणमन्त्रीमा सिफारिस गरेका थिए ।

जसपा अध्यक्ष उपेन्द्रले प्रम देउवालाइ बुझाएको नयाँ मन्त्रीहरुको सुचीमा यादवलाइ वन तथा वातावरण मन्त्री , बाँके क्षेत्र नम्बर २ का सांसद महम्मद इस्तियाक राइन्लाइ भौतिक पुर्वाधार विकास तथा यातायात मन्त्री र सप्तरीका राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवलाइ कृषि तथा पशुपंक्षि विकास मन्त्रीमा सिफारिस गरेका छन ।

जसपाले अहिले रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाइ भने यथावत नै राखेको छ ।

जसपा उच्च श्रोतका अनुसार , हाल जसपाबाट सरकारमा रहेका चार मध्ये तीन जना मन्त्रीहरुलाइ सोमबार फिर्ता बोलाउने र नयाँ सिफारिस गरिएका तीन जना मन्त्रीहरुको सोमबार नै शपथ ग्रहण गराउने तयारी रहेको छ ।

जसपाले अघिल्लो हप्ता मात्रै सरकारमा अहिले रहेका आफना पार्टीका मन्त्रीहरुलाइ फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेका थिए ।

जसपाबाट हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, वन मन्त्री रामसहायप्रसाद यादव र कृषि तथा पशुपंक्षि विकास मन्त्री महिन्द्र राय यादव मन्त्री रहेका छन्।

Related posts

महानगरपालिका भित्र रहेका होटेल, रेस्टुरेन्टको अनुगमन कार्य सुरु

hamronepaldainik

१७५ किलो लागुऔषध गाँजा र ट्रक सहित दुई जना पक्राउ

hamronepaldainik

क्रिकेट खेलाडीलाई पुरस्कार दिन पैसा छैन भन्छ सरकार

hamronepaldainik
HamroNepalDainik