HamroNepalDainik.com
समाचारस्थानिय

आदित्य इजुकेशनल ईन्स्टिच्युशन द्वारा बिरगंजमा अभिभावकहरुको सम्मान कार्यक्रम समपन्न

मुकेश चौरसिया
वीरगंज/ असार २५
आदित्य इजुकेशनल ईन्स्टिच्युशन द्वारा बिरगंजमा सम्मान कार्यक्रम समपन्न भएको छ । बिरगंजको ओम होटेल एन्ड पार्टी प्यालेसको सभा हलमा एक कार्यक्रम बीच आदित्य एजुकेसनल ईन्स्टिच्युटबाट पास भएका बिद्यार्थी तथा अभिभावकहरुलाई गम्छा र फुलमाला लगाई सम्मान गरीएको छ । नेपालका विभिन्न स्थानबाट आदित्य एजुकेशनल ईन्सच्युट भारतबाट अध्यनरत विद्यार्थाीले चार बर्षे ईन्जिनियरिङ,फार्मेसी लगायतका कोर्षहरु पुरा गरि रोजगारी समेत पाएका केहि बिद्यार्थीलाई सम्मान पत्र प्रदान गरिएको छ । कार्यक्रममा बिटेक गरेका कन्हैया साह, केशव राज अग्रहरी र बिफर्मा गरेका बिकाश गुप्ता,सुनिल गुप्ताका अभिभावकहरुले आफ्नो मन्तव्य राख्ने क्रममा एक दमै खुलेर कलेजको प्रसंशा गरेका हुन् । क्याम्पसमा अध्यनको क्रममा कुनै किसिमको अपठयाराहरु नभएको तथा चार वार्ष कसरी र कहिले बितेको थाहै नभएको बिद्यार्थीहरुले बताएका छन् । कार्यक्रममा बिद्यार्थी एवं अभिभावकहरुले आदित्य कलेज बारे आफनो धारणा राख्दै क्याम्पसका विषयमा एकदम राम्रो रहेको र कलेजको शैक्षिक वातावरण राम्रो हुनुको साथै होस्टेल, लाईब्रेरीको सुबिधा पनि उत्कृषट रहेको जानकारी दिएका हुन । कार्यक्रममा क्याम्पसका परमजित सिंहले आफ्नो मन्तव्य राख्दै पर्सा र बाराबाट विद्यायर्थीहरुले पठ्नपाठनको निमित जान चाहने बिद्यार्थीहरु लाई बिरगंजमा रहेको आर्या एजुकेसन तथा एथिम सँग सम्पर्क गर्न हुन अनुरोध समेत गरेका हुन् ।कार्यक्रममा क्याम्पसका प्रतिनिधि,शिक्षक,अभिभावक,बिद्यार्थी,संचारकर्मी लगाएतको उपस्थिति रहेको थियो ।

Related posts

वीरगञ्ज महानगरको मेयरमा जसपाबाट सिँहको मनोनयन दर्ता

hamronepaldainik

बिन्दवासिनि गाउँपालिकाको अध्यक्ष पदको उमेदवार बिबेक चौरसिया लोकप्रिय बन्दै

hamronepaldainik

अनुमति विना संचालित ५ वटा विद्यालयमा सिलबन्दी

hamronepaldainik
HamroNepalDainik