HamroNepalDainik.com
समाचारस्थानिय

गाउँ सभाकाे बिषयलाई लिएर कालिकामाईमा झडप, वडाध्यक्ष पटेल घाईते

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकामा शुक्रबार सांझ दुई पक्ष बिच झडप भएकाे छ । गाउँ सभाकाे बिषयलाई लिएर भएकाे झडपमा वडा नं. ३ का वडाध्यक्ष संजय पटेल, वडा नं. १ मुडलीका विजय चाैरसिया र इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी नायब निरिक्षक विवेक निराैला घाइते भएका छन् ।

घाइते वडाध्यक्ष पटेल र चाैरसियाकाे वीरगंजस्थित नारायणी उपक्षेत्रिय अस्पतालमा उपचार भइरहेकाे छ । वडाध्यक्ष पटेलकाे मुखमा चाेट लागेकाे छ ।

शुक्रबार राखिएकाे गाउँपालिकाकाे आठाैं गाउँ सभाकाे दाेस्राे बैठक स्थगित भएपछि बैठकबाट निस्कने क्रममा वडाध्यक्ष पटेलमाथी आक्रमण भएकाे वताइएकाे छ । बैठकस्थल श्री नेरा आधारभुत विद्यालय हरिहपुरबाट निस्कने क्रममा आफुमाथी आक्रमण भएकाे वडाध्यक्ष पटेलले वताएका छन् ।

गाउँ सभा बैठकस्थल अगाडी जम्मा भएकाे भिड हटाउने क्रममा प्रहरी नायब निरिक्षक निराैलासहित केही प्रहरीहरु समेत घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

गाउँ सभाकाे बैठक सकेपछि बैठक स्थल अगाडी भएकाे विवाद झडपमा परिणत भएकाे थियाे । केही बेर दुई पक्ष बिच त्यहाँ तनाव समेत भएकाे थियाे ।

त्यसपछि पुन: हरिहपुर, बिरन्चीबर्वा, बलुवा र भेडिहारी गाउँमा समेत झडपहरु भएकाे वताइएकाे छ । हरिपुरमा फिल्डमा भएकाे झडपकाे बिषयलाई लिएर कालिकामाई गाउँपालिका अन्तर्गतकाे विभिन्न गाउँमा दुई पक्ष बिच विवाद र झडपहरु भएकाे स्थानियहरुले वताएका छन् ।

साे क्षेत्रमा इलाका प्रहरी कार्यालय पाेखरियाले पुन: झडप हुन नदिन प्रहरीहरु खटाएकाे छ ।

Related posts

बिन्दवासिनीका असई तिवारीद्वारा एक दलित माथी बुट प्रहार

hamronepaldainik

सहमुहीक बलात्कारको प्रयासमा दुई जनालाई पक्राउ

hamronepaldainik

वीरगंजमा लाईसेन्स रकममा विक्री हुने गरेको खुलासा

hamronepaldainik
HamroNepalDainik