HamroNepalDainik.com
समाचार

समाजवादी प्रेस संगठन पर्साको बैठक सम्पन्न, जिल्ला अधिवेशन गर्ने निर्णय

वीरगंज । समाजवादी प्रेस संगठन नेपाल पर्साको बैठक बुधवार सम्पन्न भएको छ । नेपाल पाेष्ट डेलीकाे कार्यालयमा सम्पन्न बैठकले मधेश प्रदेशको असार १७ गते वीरगंजमा सम्पन्न भएको बिस्तारित बैठकले गरेको निर्णय अनुरुप तोकेको मिति भित्र जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी बैठकले जिल्ला अधिबेशन अघि संगठनको सदस्यहरुको सदस्यता अध्यावधिक गर्ने तथा संगठनको बिचार र आस्थासँग जोडन चाहने पत्रकारहरुलाई संगठनमा आबद्ध गराउने निर्णय गरेको छ । बैठकले सो लागि आवेदन दिन ५ दिने सूचना प्रकाशित गर्ने निर्णय समेत गरेको जनाइएकाे छ ।

समाजवादी प्रेस संगठन नेपालमा आबद्ध हुन चाहने पत्रकारहरुले संगठनबाट उपलब्ध गराईने सदस्यता आवेदन फर्म भरी संगठनले तोकेको सदस्यता शुल्य सहित आवेदन दिन सकिने संगठनका सह सचिव विनाेल पटेलले वताए । सदस्यता अध्यावधिक तथा नयाँ सदस्यता बितरण कार्यका लागि बैठकले संगठनका अध्यक्ष मनोज पटेल र सचिव अजय चौरसियालाई जिम्मेवारी समेत दिएकाे छ ।

समाजवादी प्रेस संगठन नेपाल पर्साको अध्यक्ष मनोज पटेलको अध्यक्षता एवम् संगठनका मधेश प्रदेश सह–इन्चार्ज राघो साह र मधेश प्रदेशका संयोजक बृजलाल पासवानको बिशेष उपस्थितीमा सम्पन्न भएको बैठकले प्रदेश अबिवेशनमा बिधानले तोके बमोजिमको प्रदेश प्रतिनिधि पठाउने निर्णय समेत गरेको छ ।

Related posts

मोही बाँडफाँट र सहकारीका लिखत रजिष्ट्रेसनमा कुनै शुल्क नलिन सर्वोच्चको अन्तरिम आदेश

hamronepaldainik

नारायणी अस्पतालमा सेवा ग्राहिले पाए ६१ लाख ५२ हजार बराबरको छुट

hamronepaldainik

कांग्रेसले टिकट नदिएपछि पटेलले दिए स्वतन्त्र उम्मेदवारी

hamronepaldainik
HamroNepalDainik