HamroNepalDainik.com
समाचार

१० लाख घुस लिएको सूचना दिदा पनि कुनै कारवाही हुँदैन, तर दुई पैसा कमाउने सर्वसाधारण थुनामा पुग्छन्

वीरगन्ज (पर्सा), ५ साउन / जिल्ला प्रशासन कार्यालय पर्साको निर्देशनमा पर्सा प्रहरीले ठगीको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । राहदानीको फारम भर्ने भन्दै सर्वसाधारणसँग २ हजार देखि ३ हजार रुपैयासम्म लिने गरेको आरोपमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको निर्देशनमा पर्सा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, राष्ट्रिय अनुसन्धानको संयुक्त टोलीले बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि रहेका मोबाइल सेन्टर तथा फोटो स्टुडियोमा छापामारी गरि पक्राउ गरेको हो ।
धेरै ठुलो अपराध नै गरेको जस्तो यि ६ जनालाई तीनवटौ सुरक्षा निकायका टोलीले उनीहरुलाई पक्राउ गरेर वडा प्रहरी कार्यालय वीर्ताको जिम्मा लगाएको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय पर्साको अगाडी रहेका फेस फोटो स्टुडियोबाट सदाम हुसेन र फरियाज आलम, गणेश मोबाइल सेन्टरबाट अनुज गुप्ता, चन्दन मोबाइल सेन्टरबाट कुन्दन यादव, गढीमाई स्टुडियोबाट प्रदीप साह सहित ६ जना रहेका छन् । जसमध्ये अनुज गुप्ता न त कुनै पसलका संचालन छन्, न त कतै काम गर्ने कर्मचारी ! उनी आफ्नो कामले स्टुडियोमा गएको बेला उनलाई पनि प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।
पक्राउ परेका ६ जनामध्ये १ जनाको शुक्रबार विहान स्नातक तहको परीक्षा पनि छ । उनलाई परीक्षा दिनबाट बञ्चित गरिने हिसाबले वडा प्रहरी कार्यालय वीर्ताको हिरासतमा राखिएको छ । सर्वसाधारणलाई ठगेको आरोपमा ६ जनालाई पक्राउ गरेर ठुलै सफलता प्राप्त गर्यो भन्ने प्रकारले यो समाचार विभिन्न सञ्चारमाध्यममा प्रशारण भयो ।

यसरी पसल संचालन गरेर दुई पैसा व्यापार गर्ने सर्वसाधारणलाई तीनवटै सुरक्षा निकायका प्रतिनिधिले पक्राउ गरेर ठूलै सफलता प्राप्त गरेको भनेर गर्वान्वित गरि रहेका होलान् । तर ति राहदानीको फारम भर्नका लागि र त्यो फारमलाई रुजु गर्नका लागि त्यही जिल्ला प्रशासन कार्यालयकै कर्मचारीको मिलोमतोमा काम हुने गरेको छ भन्ने प्रशासनले आभास समेत पाउन सकेन । स्थलगत बुझ्दा राहदानीको फारम भर्नका लागि स्टुडियोका संचालकहरुले २ हजार रुपैया लिने गरेका छन्, जसमध्ये उनीहरुले भरेको फारम रुजु गर्न जिल्ला प्रशासन कार्यालय पर्साका राहदानी फाँटका तल्लो स्तरका कर्मचारीलाई प्रत्येक फारम बापत ५ देखि ८ सय रुपैया बुझाउनु परेको समस्या प्रशासन प्रमुखलाई आभाष पनि हुन सकेको छैन ।
सेवाग्राहीहरु राहदानी फारम भर्न जिल्ला प्रशासन कार्यालयमा आउँछन् तर त्यहीका कर्मचारीहरुले स्टुडियोमा गएर फारम भरेर लिएर आउन अह्राउने गरेको स्टुडियोका संचालकहरुको भनाई छ । राहदानी फारम अनलाइन भएको र बढि चाँप हुने गरेको कारण एक दुई हप्तामा ४÷५ जनाको मात्रै फारम भर्न सकिने अवस्था छ । पक्राउ परेको स्टुडियो संचालकका अभिभावकहरुको अनुसार अहिले फारम पनि भर्न सक्ने अवस्था छैन, एक दुई हप्तामा ५ मिनेटको लागि फारम खुल्छ, त्यसमा पनि सर्भर खचाखच रहेकोले दुई हप्तामा बढिमा ४÷५ वटा फारम भर्न सकिन्छ । जसमा बढि आवश्यक रहेका व्यक्तिहरुको मात्रै फारम भर्ने गरिएको छ ।
यसमा कुन ठूलो अपराध गरेको भन्ने जस्तो प्रहरीले पक्राउ गरेर लगेको उनीहरुको भनाई छ । सानो तिनो काम गर्नेहरुले जनताहरुलाई ठगेर ढाँड नै सेके जस्तो काम गरि रहेकोले प्रशासनको कार्यशैली शंकास्पद देखिएको छ । २ हजार रुपैया लिएर फारम भरेको भनेर पक्राउ गर्न सक्ने जिल्ला प्रशासन कार्यालयलाई एक कार्यालय प्रमुखले १० लाख घुस लिएको सूचना दिदा पनि कुनै किसिमको कारवाही भएन् । जिल्ला प्रशासन कार्यालय हाताभित्र रहेका एक कार्यालयमा १० लाख घुस लेनदेन भएको र घुसको पैसा अहिलेपति त्यही नै निवासमा राखिएको भन्ने तथ्यगत सूचना सहायक प्रमुख जिल्ला अधिकारीलाई दिदा कुनै किसिमको कारवाही भएन् । यहाँसम्म कि पर्साका प्रहरी उपरक्षीक रमेश बस्नेतलाई पनि यो सूचना दिइयो तर कुनै निकायले कारवाही गरेनन् ।
यसबारे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई बुझ्दा राहदानीको अनलाइन फारम भर्नका लागि २ देखि ३ हजार रुपैयासम्म असुलको आरोपमा तीनैवटा सुरक्षा निकायका प्रतिनिधिहरुले पक्राउ गरेको हुनाले आफूले केही भन्न नसकिने बताए । उनीहरुले विगतमा पनि सम्झाइएको अवस्थामा नमानेको कारण उजुरी आएपछि पक्राउ गरिएको बताए । उनले यिनीहरुले फारम भरेर रुजु गर्न पठाए पश्चात जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुले फारम रुजु गरेवापत पैसा लिएको प्रमाणित भए उनीहरुलाई पनि कारवाही गरिने बताए ।

Related posts

जसपा बाट बिरगंज – ११ को वडाध्यक्षमा अजय चौरसिया बिजयी

hamronepaldainik

जनगणना कार्य तीब्र, जातीय आधारमा भाषा सूचिकृत गरिदै

hamronepaldainik

श्रीलंकासहित ३२ मुलुकमा भेटियो ओमिक्रोन भेरियन्ट

hamronepaldainik
HamroNepalDainik