HamroNepalDainik.com
समाचार

रहबर केयर द्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरगञ्ज १८ भाद्र आज वीरगञ्ज महानगरपालिका वडा नं ३२ चोर्नीमा रहबर केयर द्वारा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। श्री नेपाल राष्ट्रिय नि.मा.वि. चोर्नीको प्राङ्गणमा सम्पन्न स्वास्थ्य शिविरमा चोर्नी,कोनिहा, लक्ष्मीपुर,परसवा लगायतका स्थानिय गरिब, दलित स्थानीय वासी शिविरमा उल्लेखनीय सहभागिताको रहेको थियो। निःशुल्क स्वास्थ्य शिविरका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य रहबर अंसारीको प्रमुख आतिथ्यमा शिविर सम्पन्न भएको छ। शिविरमा उपचार गरिएको विरामीहरुलाई निःशुल्क औषधी समेत वितरण गरिएको र स्थानीय बासीहरु शिविरमा उत्साहित सहभागिता जनाएका थिए त्यो क्षेत्रमा पहिलो पटक शिविरमा निशुल्क औषधि वितरण गरिएको स्वास्थ्य शिविरमा ३०० जना विरामीको उपचार गरिएको स्थानीय नेता राजु यादव बताए। स्थानीय नेता राजु यादवको विशेष पहलमा गण्डक होस्पिटल वीरगञ्जका डक्टरहरु द्वारा शिविरमा निशुल्क उपचार गरिएको छ जसमा फिजिसियन डा. प्रशान्त साह, स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा.रवी साह,बाल रोग विशेषज्ञ डा.आनन्द रौनियार , स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. मन्जु राई,डा. मनोज पटेल,डा.अखतर आलम तथा गण्डक होस्पिटलका प्रशासक प्रमुख सौकत आलम,सदाम हुसेन, महमद हसन लगायतका विशेष सहभागिता रहेको थियो।

Related posts

एकीकृत समाजवादीको अभियान : हरेक वडामा १०० संगठित सदस्य

hamronepaldainik

बैंक तथा वित्तीय संस्थाको कुन क्षेत्रमा कति लगानी ?

hamronepaldainik

गोली प्रहारबाट गम्भीर घाइते भएका प्रधानाध्यापक स्वर्णकारको मृत्यु

hamronepaldainik
HamroNepalDainik