HamroNepalDainik.com
राजनीतिसमाचार

कांग्रेसलाई माधव नेपालको चेतावनी : हैसियतभन्दा बढी सिट नखोज

१८ भदौ, विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेसका कारण सिट बाँडफाँट टुङ्गो नलागेको बताएका छन् ।

शनिबार बिराटनगरमा आयोजित पेशागत महासंघको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेसले अस्वभाविक दाबी गरेका बताए । ‘हामीले छलफल चलाइरहेका छौ, तर कांग्रेसमा अहंकार देखिएको छ,’ उनले भने, ‘हामीलाई सय सिट चाहियो । उब्रिएको तिमीहरु बाँड भन्छन् । हामीले उनीहरुलाई जवाफ दिएका छौं, हैसियतभन्दा बढी माग्ने काम नगर ।’

२०७४ सालमा २३ सिट मात्र जितेको कांग्रेसलाई त्यसको तीन गुनासम्म दिन सक्ने उनले बताए । ‘२३ को तीन गुणा ६९ सिट, त्यसमा एउटा थपिदिँदा ७० सिट’ उनले भने ,‘हामी ७० भन्दैछौं, उनीहरु सय भन्दैछन् । मिलाउने गाह्रो छ ।’

सहमतिको प्रयास जारी रहेको बताउँदै उनले सहमति नभए एक्लै उठ्ने आट गर्नुपर्ने बताए । ‘के भयो के भयो भन्ने तपाईँहरुको मनका प्रश्न होला,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘उही बालुवाटारमा बालुवा पेलेका पेल्यैछौं, त्यो बालुवाबाट तेल निस्किएको छैन । आज पनिपेल्नुपर्ने हो कि !’समानुपातिक चुनावमा पार्टीको भोट आफैलाई आउने बताउँदै उनले भने, ‘भएन भनेपनि एक्लै उठ्ने आट गर्नुपर्छ ।’ साभार onlinekhabar

Related posts

समाजवादी प्रेस संगठनबाट तिवारी निष्काशन

hamronepaldainik

नेविसंघ ठाकुर राम एकाई समितिका सभापति मनोज कुमार साह को नेतृत्व मा हरिखेतान क्याम्पसको मुल गेटमा १ घण्टा धर्ना

hamronepaldainik

सहकारी ठगी आरोपमा पक्राउ परे रवि लामिछाने

hamronepaldainik
HamroNepalDainik