HamroNepalDainik.com
समाचार

एमसीसीका सहायक उपाध्यक्षले भेटे नेपाली राजदूतलाई

२२ भदौ, काठमाडौं । अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र मिलेनियम च्यालेन्ज कर्पोरेसनका यूरोप, एसिया, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सबीच भेटवार्ता भएको छ ।

राजदूत खत्री र सहायक उपाध्यक्ष ब्रुक्सबीच गत १ सेप्टेम्बरमा वासिङटन् डीसीस्थित नेपाली राजदूतावासमा भएको भेटमा नेपालमा एमसीसीको कार्यन्वयका विषयमा छलफल भएको थियो ।

दूतावासका एक अधिकारीले बताएअनुसार ब्रुक्सले नेपालले सदनबाट पारित गरेर कार्यन्वयनको चरणमा गइसकेको एमसीसी परियोजनाका विभिन्न विषयमा चासो राखेका थिए ।

ब्रुक्सले एमसीसी नेपालको सदनबाट पारित गर्न महत्वपूर्ण भूमिका खेलेका थिए । नेपालमा सदनबाट पारित गर्ने वा नगर्ने भन्ने विषयलाई लिएर बहस चलिरहेको अवस्थामा ब्रुक्स एमसीसी उपाध्यक्ष फातिमा सुमारसँगै गत वर्षको भदौ अन्तिम साता नेपालको चारदिने भ्रमणमा आएका थिए ।

एमसीसीको विषयलाई लिएर विभिन्न चर्चाहरू चलेपछि सरकारले एमसीसीलाई त्यस विषयमा स्पष्ट पार्न पत्र पठाएको थियो । अर्थमन्त्रालयमार्फत पठाइएका एमसीसीसम्बन्धी जिज्ञासाको जवाफसँगै उपाध्यक्ष सुमार र सहायक उपाध्यष ब्रुक्स नेपाल भ्रमणमा आएका थिए ।साभार onlinekhabar

Related posts

नेकपा एकीकृत( समाजबादी )को उमेदवारहरुको प्रचार अभियान तिब्र

hamronepaldainik

चुरे तथा वन जंगल संरक्षण अभियान द्वारा चिनियाँ विरुद्ध विरोध प्रर्दशन

hamronepaldainik

आदर्श डेली अनलाईनको तेस्रो वार्षिकोत्सव समारोह सम्पन्न

hamronepaldainik
HamroNepalDainik