HamroNepalDainik.com
समाचार

निर्वाचन प्रक्रिया सुरु, समानुपातिकको बन्दसूची बुझाउने दिन आज र भोलि

२ असोज, काठमाडौं । प्रदेश र प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल गएरातिदेखि सकिएपछि नयाँ निर्वाचन प्रक्रिया सुरु भएको छ । आजदेखि राजनीतिक दलहरुलाई समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका छ ।

आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि दलहरुले समानुपातिकतर्फको बन्दसूची असोज ३ गते भित्र बुझाइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

आगामी निर्वाचन संघीय संसदमा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुनेछन् । दलहरुले निर्वाचित हुने कूल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार पार्नुपर्छ । त्यसमा ५० प्रतिशत महिला र समावेशी प्रतिनिधित्व अनिवार्य गरिएको छ ।

बन्दसूची पेस गर्नेदेखि सबै प्रक्रिया मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ ।

प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम भने असोज २३ गतेदेखि सुरु हुने छ । असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।साभार onlinekhabar

Related posts

विन्दवासिनीका अध्यक्ष तिवारीको शिक्षा प्रतिको लगाव बढदै, राधा कृष्ण चौरसिया माविमा चार कोठे भवनको शिलान्यास

hamronepaldainik

होटल व्यवसायी संघ पर्सा र प्रहरी उपरीक्षक शाह बिच छलफल

hamronepaldainik

मध्यतराईको पहिलो रेडियो, रेडियो वीरगन्जले १९ औँ वार्षिकोत्सव मंसिर १८ रक्तदान र २५ गते सांस्कृतिक कार्यक्रम गरी मनाउँने

hamronepaldainik
HamroNepalDainik