बिरगंज ८ असोज । बिरगंज महानगरपालिका वडा नं ११ मा रहेको अलपाइन सेकेन्ड्री स्कुलका शिक्षकले एक छात्रमाथी यौनजन्य दुर्व्यवहार गरेको घटना बाहीरिएको छ । यो घटना प्रहरीलाई जानकारी बितिकै दुर्व्यवहार गर्ने शिक्षक मियाँलाई वडा प्रहरी कार्यालय श्रीपुरबाट खटेको टोलीले शिक्षक ताज अन्सारीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यलय पर्सामा थप अनुसन्धानका लागि राखिएको छ ।
अलपाइन स्कुलमा अध्ययनरत एक बालिका माथि यौन दुर्व्यवहार गरेको आरोप नेपाली बिषयका शिक्षक ताज मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।
अभिभावकले दिएको उजुरिको आधारमा असोज ५ गते मियाँलाई पक्राउ गरि अदालतबाट ५ दिनको म्याद थप गराई बाल यौन दुर्व्यवहार अन्तर्गत कारवाही प्रक्रिया अगाडी बढाइएको प्रवक्ता गिरिले जानकारी दिए ।
पिडित बालिका कक्षा ६ मा अध्ययनरत रहेकी छन् । शिक्षक मियाँले विद्यालयमा आफुलाई दुर्व्यवहार गरेको अभिभावकलाई वताएपछि अभिभावकले जिल्ला प्रहरी कार्यालयमा उजरी दिएका थिए । त्यसपछि प्रहरीले शिक्षक मियाँ नियन्त्रणमा लिएर अनुसन्धान पक्रिया अगाडी बढाएको हो ।
दुर्व्यवहार आरोप लागेका शिक्षक मियाँको स्थायी घर पर्साको बिन्दवासिनी गाउँपालिकाको वडा नं. ५ मा भएपनि उनी वीरगंज मै बस्दै आएका छन् । अहिले उनी हिरासतमा रहेको छ ।
दुर्व्यवहार गरेको शिक्षक मियाँलाई बचाउन केही राजनीतिक दल का नेता र सामुदायिक सेवा केन्द्रका केही पदाधिकारी लागि परेको स्थानीय को भनाइ रहेको छ ।