HamroNepalDainik.com
खेलकुदसमाचार

नेपाल खेलकुद महासंघको बिरगंज महानगर कमिटीको प्रथम अधिबेशन समपन्न।

८ असोज बिरगंज ,                                                   पर्सामा नेकपा एमालेका जनवर्गीय संगठन नेपाल खेलकुद महासंघको बिरगंज महानगर कमिटीको प्रथम अधिबेशन आज समपन्न भएको छ।

नेपाल खेलकुद महासंघका मधेस प्रदेश सह ईन्चार्ज शिवजी गुप्ताको अध्यक्षता र नेकपा एमालेका केन्द्रीय सदस्य एवम् महासंघका केन्द्रीय सह ईन्चार्ज रमेश पौडेलको प्रमुख अतिथ्यमा समपन्न अधिबेशनबाट अध्यक्षमा श्याम रौनियार, उपाध्यक्षमा अन्नु कार्कीकार्की, बिरेन्द्र महार्जन, सचिव कृष्णा श्रीवास्तव, सह सचिव रन्जित चौरसिया, कोषाध्यक्ष शेखर अग्रवाल,सदस्य सुमित पटेल, सलाउदिन अन्सारी लगायतको ४५ सदस्यिय बिरगंज महानगर कमिटी गठन गरिएको हो।

अधिवेशनमा स्वास्थ्य सहित आफ्नो पहिचान बनाउने खेल हो,देश देशको मित्रता बढाउने भनेको खेल हो र यसको निम्ति हाम्रो संगठन नेपाल खेलकुद महासंघ रहेको छ। यसलाई निरन्तरता दिन हामिलाई एक जुट भएर आउंदो मंसिर ४गते हुने निर्वाचनमा सिङ्गो एमालेलाई जिताउनु पर्छ। महासंघका केन्द्रीय सह ईन्चार्ज पौडेलले आफ्नो भनाई राख्दै कार्यक्रमलाई सम्बोधन गरेका थिए।

हाम्रो संगठनले खेलाडिहरू लाई सम्मान जनक ठाउमा व्यवस्थित गरि खेल जगतमा संगठनको एकदमै उतकृष्ट भुमिका रहेको महासंघका प्रदेश सह ईन्चार्ज शिवजी गुप्ताले आफ्नो धारणा समेत राखेको थिए।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् पर्सा सह ईन्चार्ज अरबिन्द सिंह, जिल्ला कमिटी सदस्य एवम् महासंघका मधेस प्रदेश ईन्चार्ज मानदेव हाजरा,महासंघका थाई कमिटी सदस्य सान्ता माया परियार, बिन्दवासिनी गाउँपालिकाका उपाध्यक्ष ज्योति चौरसिय जिल्ला सदस्य अनिल हाजरा, रन्जु फुयाल,बिरगंज महानगर कमिटीका सचिव शुन्दर कुर्मी, पकहाँमैनपुर गाउँपालिका कमिटीका अध्यक्ष अकलेश कु साह, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य भावना अचार्य, अनेरास्ववियु जिल्ला कमिटी पर्साका अध्यक्ष रेयाज अन्सारी,लिलेश चौहान, लगायतको उपस्थिति रहेको महासंघ पर्साका सचिव सन्दिप बस्नेतले जनकारी दिनुभयो।

Related posts

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय

hamronepaldainik

इन्धनको मूल्य बढ्यो, अब ग्यास सिलिन्डरको १५७५ रुपैयाँ

hamronepaldainik

एक सय ११ किलोग्राम गाँजासहित एकजना पक्राउ

hamronepaldainik
HamroNepalDainik