पर्सा । वीरगन्ज महानगरपालिका वडा नम्बर १९ बिन्दवासिनीमा रहेको ऐतिहासिक श्री बिन्दवासिनीमाई मन्दीरमा फुलपातिको दिन देखि सात दिनको लागि भव्य मेला लागेको छ । प्रत्येक बर्षको दशैंको फुलपाती देखीनै बिन्दवासिनीमाईको मन्दीरमा पुजाअर्चना सहित भव्य रुपमा मेला लाग्ने परम्परा अनुसार आज मन्दीरमा भव्य रुपमा मेला लागेको हो । बिन्दवासिनीमाई माताको विधिवत पुजापाठ गरेपछि सर्वसाधारण श्रद्धालुहरुको लागि पुजापाठ गर्न सुरु गरेका हुन् ।
मन्दीर प्राङ्गनमा खोईच भर्ने तथा पशुबलि समेत दिने परम्परा रहेको हुनाले भाकल पुरा हुनेले बोका, कुखुरा, हास लगायतको पशुको बलि समेत दिएका छन । कतिपयले परेवालाई समेत अकाशमा छोडेर भाक पुरा गरेको मन्दीर व्यवस्थापन समितिले जनाएको छ । मेलाको सुरक्षाका निम्ती स्थानिय प्रहरी प्रशासन तथा मन्दीर व्यवस्थापन समितिले स्वयंसेवक समेत परिचालन गरेको छ । मेलामा कुनै प्रकारको अप्रिय घटना नहुन दिनको लागि यहाँको सुरक्षा व्यवस्था चुस्तदुस्त बनाईएको मेला समितीले बताए ।