HamroNepalDainik.com
समाचार

गठबन्धनको पक्षमा मतदान गर्न कांग्रेस नेता रिजाल र चौरसियाको अपील

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेस रिजाल र अजय चौरसियाले कसैलाई कुनै पनि दया नगरी गठबन्धनको पक्षमा मतदान गर्न अपिल गरेका छन् । नेपाल शिक्षक संघ पर्साले वीरगंजमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो अपिल गरेका हुन् ।

‘अहिले जहाँबाट उम्मेद्वार भए पनि पहिला हाम्रै संगठनमा थियो उसलाई सहयोग गर्छु भन्ने दया देखाउन जरुरी छैन,’ उनले भने, ‘कांग्रेस र गठबन्धनका उम्मेद्वारलाई जिताउने गरि लाग्नु होस् ।’

अहिलेको लडाई भनेको संविधान बिरोधीसंगको लडाई रहेको भन्दै उनले संविधान विरोधी, संघीयता विरोधी अनि मधेस र मधेसी विरोधीलाई मतदानबाट जनताले ठेगान लगाउनु पर्ने बताए ।

पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार समेत रहेका रिजालले आचारसंहितालाई ख्यालमा राख्दै चुनावी अभियानमा जुट्न पनि शिक्षकहरुलाई आग्रह गरे ।

यस्तै क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार समेत रहेका केन्द्रीय सदस्य अजय चौरसियाले फेरि पनि पर्सा जिल्लालाई कांग्रेसको गढ बनाउने गरि चुनावी अभीयानमा जुट्न आह्वान गरे ।

शिक्षक संघ पर्साका अध्यक्ष प्रदीप जैसवारको सभापतित्वमा भएकाे कार्यक्रममा पार्टीका पर्सा जिल्ला अध्यक्ष एवं क्षेत्र नम्बर ३(ख) का उम्मेदवार जनार्दन सिंह क्षेत्री, क्षेत्र नं. १ (ख) उम्मेदवार एवम् जिल्ला उपसभापति रामनारायण कुर्मी, क्षेत्र नं. २ काे (क) का उम्मेदवार श्याम पटेल लगायतको सहभागिता रहेकाे थियो ।

Related posts

कांग्रेसलाई माधव नेपालको चेतावनी : हैसियतभन्दा बढी सिट नखोज

hamronepaldainik

बैंकले कर्जा लगानीमा रोक लगाएपछि नयाँ सवारीसाधन आईसिपिमै थन्कियो

hamronepaldainik

राष्ट्रिय परीक्षा बोर्डले भन्यो- कक्षा १२ को परीक्षा स्थगित भएको छैन

hamronepaldainik
HamroNepalDainik