HamroNepalDainik.com
समाचारस्थानिय

नारायणी अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरु भोलि देखि आन्दोलनमा

बिरगंज १७ कार्तिक । नारायणी अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरुले भोलि देखि आन्दोलन गर्ने चेतावनी दिएका छन । नारायणी अस्पतालका स्वास्थ्यकर्मीहरुले विगत ३ वर्ष देखि तलब समायोजन माग गर्दै आइरहेको हुनाले शुक्रबार  देखि आन्दोलन गर्ने चेतावनी दिएका छन।
नारायणी अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभले आफ्नो ब्यक्तिगत स्वार्थका कारण अस्पताल अहिले बन्दक बन्न लागेको समाचारमा श्रोतलेजनाइएको छ। विकास समितिको अवधि २ वर्ष पुगिसकेको भएता पनि अस्पतालको हितमा अहिलेसम्म कुनै काम नगरीकन केवल राजनीतिक गर्ने थलोको रुप बनाएर अहिले भद्रगोल गरिरहेको बताइन्छ ।

अस्पतालको उन्नति गर्ने उदेश्यले विकास समिति गठन हुने गरेको भए पनि अहिले अध्यक्ष लाभका कारण स्वास्थ्यकर्मीहरुको तलब समायोजनमा समेत समस्या हुने गरेको चिकित्सकहरु बताउँछन् । विकास समितिले अहिलेसम्म सम्म कुनै बैठक समेत डाकेको छैन ।पटकपटक चिकित्सकहरुले मौखिक रुपमा तलब समायोजन गरिदिन आग्रह गर्दा विकास समितिले कुनै चासो नलिएका कारण अब आर्थिक वर्ष यस्ता तलब खुवाउन समेत धौउधौउ हुने नारायणी अस्पतालका सुपरिटेन्डेन्टन विरेन्द्र बहादुर प्रधान बताउँछन् ।

मैले अस्पतालको विकास एवम् प्रगति गरेको देखेर यहाँका केही ब्यक्तिहरुमम जलन भएको हुन सक्ने तर गरिव तथा विपन्नहरुका लागि यो सरकारी अस्पताललाई हामीले ध्यान नदिए कसले दिने भनेर प्रश्न गरेका छन् ।म त केही महिनामै अवकाश पाउछु तर कम्तीमा हाम्रो अस्पताल सुविधा सम्पन्न होस् भन्ने मेरो चाहना छ त्यसैले अब चाडैं २५ वडाको आइसियु तयार हुन लागेको छ त्यसको लागि जनशक्तिको आवश्यक पर्ने त्यसमा ध्यान किन नदिएको मलाई यहीँ आर्चाय लागेर आएको छ भनेर बताए ।

आज काम विशेषले विकास समितिका सदस्य रोशनी कुमारी नारायणी अस्पतालमा पुग्ने क्रममा चिकित्सकहरुले उनलाई घेराउ गरे पछि यो रहस्यमय खुलासा भएको हो । उनलेे भने चिकित्सकहरु माग जायज रहेको मेरो समर्थन छ भनेर प्रतिक्रिया जनाएकी थिइन् ।अध्यक्ष लाभले प्रयोग गरेको मोबाइल नम्बर ९८५११७३३३६ मा पटकपटक सम्पर्क गर्दा उहाँ संग सम्पर्क हुन सकेन ।

अर्कोतिर एकै पदमा कार्यरत चिकित्सकहरुको तलब तलमाथि रहेकोमा अहिले हामी एकै पोजिसनको भए पनि पुरानो चिकित्सकको कम तलब र नयाँ भर्ना भएका चिकित्सकहरुको धेरै तलब भएकोमा आपत्ति समेत जनाएका छन्। हामीले एकै प्रकारका काम गछौ पद उहीँ तर तलब फरक किन यसमा पनि हामी माथि बैमानी भइरहेको छ भन्दै आक्रोषित भएका छन् ।

आन्दोलनरत चिकित्सकहरुले भने हाम्रो माग पुरा नभए शुक्रबार देखि इमर्जेन्सी ,एक्सारे,आइसियु,एनयुसि,सरसफाइ संकेतित रुपमा बन्द गर्ने बताएका छन ।हामीले पटकपटक जानकारी दिदाकुनै मतलब नगरेकाले यसबाट हुने क्षेति सम्पूर्ण विकास समितिले लिनु पर्ने चिकित्सकहरुको भनाइ रहेको छ।

Related posts

बाराका नितनपुर चौकमा एक आपसमा गाडी ठोकिदा तिन जनाको मृत्यु

hamronepaldainik

राजस्व चुहावट नियन्त्रणमा परिणाम देखिने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

hamronepaldainik

पर्साका सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन

hamronepaldainik
HamroNepalDainik