HamroNepalDainik.com
समाचारस्थानिय

राप्रपाका केन्द्रिय सदस्य पासवान सहित सयौं नेता लोसपामा प्रबेश

१८ कात्तिक, वीरगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य गया पासवान पार्टी पयिरत्याग गरि लोकतान्त्रिक समाजबादी पार्टीमा प्रबेश गरेका छन । वीरगञ्जमा शुक्रबार आयोजित पार्टी प्रबेश कार्यक्रममा उनी राप्रपा परित्याग गरि लोसपामा प्रबेश गरेका हुन । पासवानलाई लोसपाका नेता एवम् बाम लोकतान्त्रिक गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्यका साझा उम्मेदवार लक्ष्मण लाल कर्णले टिका माला लगाई पार्टीमा स्वागत गरेका थिए । लामो समयसम्म राप्रपामा सक्रिय राजनिती गर्दै आएका पासवान लोसपामा प्रबेश गरेसँगै कर्णको लागि मत माग्न घरदैलोमा ब्यस्त भएका छन ।उनी अब कर्णसँगै घरदैलोमा सहयोग गर्नेछ । पासवानसँगै सयौको सँख्यामा राप्रपाका नेताहरु लोसपामा प्रबेश गरेका थिए ।यस्तै जसपा छाडेर पनि लोसपामा नेता कार्यकर्ताहरु प्रबेश गरेका थिए । पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै कर्णले राप्रपा छाडेर आएका नेताहरुलाई पार्टीमा योग्यता अनुसारको जिम्मेवारी दिने प्रतिबद्धता जनाएका थिए ।

Related posts

राष्ट्रिय वाणिज्य बैंककाे बार्षिकाेत्सवमा सत्ताव्यापी कार्यक्रम सम्पन्न

hamronepaldainik

गाउँपालिका अध्यक्ष गुप्ताद्वारा विद्यालय भवनको शिलान्यास

hamronepaldainik

सुकुम्बासी मारिएको घटनाको निष्पक्ष छानबिन गर : मानव अधिकार आयोग

hamronepaldainik
HamroNepalDainik