HamroNepalDainik.com
समाचार

ठेक्केदार सिंगासनले जनतालाई अनावश्यक लोभ देखाउदै करोडौं करोड बाडन तमत्यार

वीरगंज १ मंसिर । पर्सा जिल्लाको क्षेत्र नं. ४ को “ख” बाट प्रदेश सभा सदस्यमा चुनाव लडेका सिंगासन साह कलवार मतदानको दिन नजिकिदै गर्दा उनी आत्तिन थालेका छन् । जसपा–एमालेका साझा उम्मेदवारको रुपमा रहेका कलवारलाई एमालेबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका जालिम मियाँले आन्तरिक रुपमा असहयोग गर्न थालेपछि उनी आत्तिन पुगेको स्रोतले जनाएको छ । कलवारको पृष्ठभुमि राजनिती संस्कार नभई ठेक्केदारी प्रथाबाट करोडौं करोड रकम कमाई राजनितीमा आएको हुनाले उनलाई “ख” का जनताहरु पचाउन गा¥हो मान्न थालेका छन् । २०७४ सालको निर्वाचनमा जनतालाई अनावश्यक लोभ देखाउदै जितेका कलवारले आफ्नो संसदीय विकास कोषको रकम कहाँ –कहाँ कुन तरिकाले खर्च गरे, स्थानिय जनता बेखबर रहेका छन् । कलवारले प्रदेश सांसद भए पश्चात मुख्यमन्त्री लालबाबु राउत सँगको सम्बन्ध प्रगाढ बनाउदै अर्बौको ठेक्का लिई दर्जनौ योजनाहरु अलपत्र राखेका छन् । जसका कारण पर्सा क्षेत्र नं. १ को “ख” मा पनि मुख्यमन्त्री लालबाबु राउतलाई विजय हासिल गर्न गा¥हो भईराखेको अवस्था देखिएको छ । ठेक्केदारी संस्कारमा माहिर रहेका सिंगासन साह कलवार ठेक्काबाट आफ्नो क्षेत्रमा केही काम गरे पनि उनी आफुले नै विकास गरेको दाबी गरिरहेका छन्, तर स्थानियवासी भन्छन्, सिंगासन साह ठेक्का नलिएको भएपनि अर्को ठेक्केदारले पनि काम गर्न सक्थें, उनी निर्माण व्यवसायीको हिसाबले ठेक्का लिएर करोडौं करोड आर्जन गरेर आफु नेताको रुपमा काम गरेको जनता सामु बताउनुले हास्यपद कुरो रहेको जो कोहीले पनि सजिलै बुझ्न सक्छ । ठेक्केदारी पेशा र संसदीय विकास कोषको रकमबाट करोडौं करोड आर्जन गर्न सफल भएका कलवारले पुनः सो क्षेत्रका जनतालाई अनावश्यक लोभ देखाउदै करोडौं करोड बाडन तमत्यार रहेको बुझिएको छ । बिहिवार १२ बजे राती देखि मौन अवधी सुरु भएको अवस्थामा अनावश्यक रुपमा गाडी दौडाउन निर्वाचन आचार संहिता बिपरित भए पनि कलवारले शुक्रवार देखि गाडी र मोटरसाईकल मार्फत गाउँघरका केही भोटका ठेक्केदारहरुलाई रकम पु¥याउने योजनामा रहेको स्रोतले जनाएको छ । करोडौं करोड खर्च गरी आफु जसरी पनि जितिने सपना बोकेका कलवार लगायत अन्य उम्मेदवारहरुको गाडी ठाउँ–ठाउँमा चेकजाँच गर्नु प्रहरी प्रशासनको दायित्व रहेको सचेत नागरिकहरु बताउंदछन् ।

Related posts

पाँच महिनामा पुँजीगत खर्च ११ प्रतिशत, २८ प्रतिशत राजस्व सङ्कलन

hamronepaldainik

कलैया म्यानेजमेन्ट कलेजको उदघाटन सम्पन्न

hamronepaldainik

खाद्य सुरक्षा सुधार गर्न माटोबाट हुने रोगहरू न्यूनीकरण गरिने

hamronepaldainik
HamroNepalDainik