HamroNepalDainik.com
समाचारस्थानिय

नमुना मतपत्र र स्वस्तिक छापसहित जालिम मियाँका छोरा पक्राउ

पर्सा,०३ मंसिर

पर्सा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका प्रतिनिधीसभा सदस्य उम्मेदवार जालिम मियँका छोरा , नक्कली मतपत्र र गाडी सहित पक्राउ परेका छन् ।

मियाँका छोरा सहबीर अहमद , मौन अवधीमा गाडीमा प्रचार प्रसारमा हिडेको अवस्थामा नक्कली मतपत्र र स्वास्तिक छाप सहित पक्राउ परेका हुन् । उनिसंगै गाडीका चालक सुरज साहलाइ पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार दिउँसो कालिकामाइ गाँउपालिका वडा नम्बर १ मुडलीमा सवारी साधन चेकजाँचका क्रममा बा १४ च ४७४८ नम्बरको हाइलेक्स गाडी रोकेर चेकजाँच गर्दा गाडी भित्रबाट नक्कली मतपत्र ५९८ थान र स्वास्तीक छाप ४ थान बरामद भएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

र्मान अवधीको समयामा चुनाव प्रचार प्रसारका लागि कुनै पनि गतिविधी गर्न नपाइने भएपनि गाडीमा मतपत्र र स्वास्तिक छाप बोकेर हिडेको अवस्थामा फेला परेपछि दुवैलाई नियन्त्रणमा लिइएको गिरीले बताए ।बरामद मतपत्र , स्वास्तिक छाप र गाडी सहित दुवै जनालाई पर्सा क्षेत्र नम्बर ४ को निर्वाचन अधिकृतको कार्यालयमा जिम्मा लगाइएको उनले जानकारी दिए ।

Related posts

कालिकामाई गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा नमोनाथ यादव

hamronepaldainik

कार्यालय आउन मान्दैनन् पोखरिया नगरपालिकाका कर्मचारी

hamronepaldainik

कर्मचारी दुर्व्यवहार गर्नेलाई कारवाही गर्न संगठनकाे २४ घण्टे अल्टिमेटम

hamronepaldainik
HamroNepalDainik