HamroNepalDainik.com
समाचार

वीरगंजको रानीघाट स्थित गोदाममा प्रहरीको छापा, ९ सय १९ बोरा चामल बरामद

वीरगंज २० पुस । प्रहरीले वीरगंज–११ रानीघाटमा रहेको तीनवटा गोदाममा छापा मारेको छ । बुधबार खाद्यान्न व्यापारीहरु देवशरण साह, कृष्ण साह र नेपाली बाबु भनिने सुनिल साहको गोदाममा प्रहरीले छापा मारेको हो । भन्सार छलीका १३ लाख मूल्य बराबरको चामल बरामद गरेको छ जसमा भन्सार छली गरे ल्याइएका २०,२४ र २६ किलो दरका ९ सय १९ बोरा चामल बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए । यस्तै देवशरणको गोदामबाट ३ सय ६५, कृष्णको गोदामबाट १ सय ३६ र सुनिलको गोदामबाट ४ सय २७ बोरा चामल बरामद गरिएको उनको भनाइ छ ।

बरामद गरिएका चामलको मूल्य अन्दाजी मूल्य १३ लाख ६० हजार ८ सय रुपैयाँ कायम गरेर आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा पठाईएको उनले जानकारी दिए । ‘ भन्सार छलेर चामल ल्याई गोदाम भईरहेको छ भन्ने सूचनाको आधारमा टोली खटायौं, कतरनी, जिरामसिनो र बासमती चामल ९ सय १९ बोरा चामल बरामद भईल छ ।’ उनले भने ‘गोदाम सञ्चालकहरुले चामलको बिल विजकहरु देखाउन सकेनन, त्यसैले बरामद गरेर भन्सार पठाएका छौं ।

Related posts

नेपालमा पनि नयाँ भेरियन्ट ओमिक्रोन भेटियो

hamronepaldainik

वीरगञ्जमा मोफसलकै पहिलो मेड इन नेपाल एक्स्पो एण्ड फुड फेस्ट हुने,

hamronepaldainik

उपाध्यक्ष कन्या विवाह अनुदान रकम वितरण समारोह सम्पन्न

hamronepaldainik
HamroNepalDainik