HamroNepalDainik.com
शिक्षासमाचारस्थानिय

सानवी फाउण्डेसनद्धारा महिनावारी सम्बन्धि प्रशिक्षण

वीरगंज ६ माघ । सानवी फाउण्डेसन अफ नेपालको आयोजना र प्रारूप एजुकेसन फाउन्डेशन तथा होटेल एभरी डेको सहयोगमा शुक्रवार वीरगंजमा “PERIODS POSITIVE” नामक महिनावारी सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

वीरगन्ज महानगरपालिका वडा नं १० स्थित श्री आदर्श माध्यमिक विद्यालयका विद्यार्थीहरुको लागि विद्यालयकै सभाहलमा “PERIODS POSITIVE” नामक महिनावारी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रमको उदघाटन गर्नु हुदै प्रमुख अतिथि पर्सा क्षेत्र नं २ को (ख) को प्रदेश सभा सदस्य रमेश पटेलले महिनवारी भएकै कारण कतिपय छात्राहरु विद्यालयमा नआउने गरेको चर्चा गर्दै अब त्यसलाई रोक्न अभिभावकले विशेष भुमिका खोल्न आग्रह गरे ।

महिलाहरुको लागि महिनवारी अनिवार्य प्रक्रिया रहेकोले यसलाई कसैले पनि अछुन नमान्न आग्रह गर्दै आफुबाट हुन सक्ने सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता प्रदेश सदस्य पटेलले जनाए ।

फाउन्डेसनका अध्यक्ष विवेक कुमार झाको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि मधेश विश्व विद्यालयका उपकुलपति तथा वीरगंज पब्लिक कलेजका सञ्चालक प्रा. डा. दीपक शाक्य,पल्लवी हरलालका आदर्श माध्यमिक विद्यालयको प्र.अ. राम विनोद पाण्डेय, प्रारूप एजुकेसन फाउन्डेशनका सञ्चालक दिलीप प्रजापति लगायतको सहभागिता रहेको थियो । फाउन्डेसनका सदस्य शशांक सिंह सहजीकरण गर्नु भएको कार्यक्रममा १०० जना छात्राहरुलाई प्रशिक्षण सहित सेनेटरी प्याड पनि वितरण गरिएको थियो ।

Related posts

पर्साको अमरपट्टीका बरिष्ठ सई गुरुङ्गले लाखौ नजराना बुझी तस्करी गराउदै

hamronepaldainik

राष्ट्रिय वाणिज्य बैंककाे बार्षिकाेत्सवमा सत्ताव्यापी कार्यक्रम सम्पन्न

hamronepaldainik

अश्लिल गीत तथा डिजे बन्दको निर्णय, कार्यान्वयनका लागि संवाद कार्यक्रम

hamronepaldainik
HamroNepalDainik