HamroNepalDainik.com
समाचारस्थानिय

वीरगञ्ज महानगपालिकाले बहिरङग सेवा सञ्चालन गर्ने तयारीमा

वीरगञ्ज, १० फागुन ः पर्साको वीरगञ्ज महानगपालिकाले नगरक्षेत्रका बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र) बाट विशेषज्ञ डाक्टरसहितको बहिरङग सेवा सञ्चालन गर्ने तयारी गरेको छ । सबै वडाका जनतालाई गाउँबस्तीमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा पु¥याउन ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ सञ्चालन गर्दै आएको महानगरपालिकाले कार्यक्रमलाई थप प्रभावकारी र दिगोपनका लागि बहिरङ्ग सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।
कार्यक्रमलाई दीर्घकालीन रूपमा सञ्चालन गर्नका लागि बर्थिङ सेन्टरमा नै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने भईल वीरगन्ज महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका स्वाथ्य अधिकृत रितेश जयसवालले जानकारी दिनुभयो ।
अहिले महानगरको पाँच स्थानमा स्थापना गरिएको सेन्टरबाट विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग सेवा सञ्चालन गरिने र अर्को वर्ष पुनः अन्य स्थानमा स्थापना भएका बर्थिङ सेन्टरबाट सेवा सञ्चालन गरिने तयारी भईल उहाँले बताउनुभयो । यसका लागि महानगरपालिकाले बजेट समेत विनियोजन गरिसकेको जनाएको छ ।
सेन्टरबाटै विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा प्रदान गर्ने तयारी भएपछि महानगरपालिकाको तत्कालका लागि ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ स्थगित गरेको स्वास्थ्य अधिकृत जयसवालको भनाइ छ ।
गत २०७९ भदौ महिनादेखि सुरु भईल ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ अन्तर्गत हालसम्म १० हजार दुई सय ३३ जनाले बहिरङग सेवामा स्वास्थ्य परीक्षण गराएको महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाले जनाएको छ । महानगरपालिकाको १२ वटा वडामा सञ्चालन गरिएको ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ अन्तर्गत कूल १० हजार आठ सय ८५ जनाले जाँचका लागि नाम दत्र्ता गराएकोमा छ हजार चार सय २१ महिला र तीन हजार आठ सय १२ पुरुष गरी १० हजार दुई सय ३३ जनाले बहिरङ्ग सेवामा स्वास्थ्यपरीक्षण गराएको उहाँले बताउनुभयो ।
त्यस्तै सो कार्यक्रममा चार सय ५३ जनाले युएसजी सेवा, इसिजी सेवा ६७ जनाले र ल्याब परीक्षणमा दुई हजार एक सय ७२ जनाले सेवा लिएका छन् । जाँच गराएकामध्ये २९ महिला र १६ पुरुष गरी ४५ जनालाई थप उपचारका लागि सिफारिस गरिएको स्वास्थ्य अधिकृत जयसवालको भनाइ छ । ‘मेयर घरदैलो स्वास्थ्य शिविर कार्यक्रम’ मा तीन विशेषज्ञ डाक्टरसहित नर्स, अनमी र एचए एक÷एक, तीन अहेब र दुई ‘ल्याब एसिस्टेन्ट’ परिचालन गरिएको थियो ।(रासस)

Related posts

विन्दवासिनी गा.पा.–३ मा बालविवाह तथा दाईजो प्रथा विरुद्ध जनचेतना मुलक तालिम सम्पन्न

hamronepaldainik

विन्दवासिनी गा.पा.–१ मा बालविवाह तथा दाईजो प्रथा विरुद्ध जनचेतना मुलक तालिम सम्पन्न

hamronepaldainik

ठेक्केदार सिंगासनले भ्रष्टाचारको पैसाबाट चुनाव जितने दाउमा

hamronepaldainik
HamroNepalDainik