HamroNepalDainik.com
समाचारस्थानिय

जगरनाथपुरमा राष्ट्रपति रनिङ सिल्ड प्रतियाेगिता सम्पन्न

३० फागुन, वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा राष्ट्रपति रनिङ सिल्ड प्रतियाेगिता मंगलबार सम्पन्न भएकाे छ । गाउँ कार्यपालिका कार्यालय जगरनाथपुरकाे आयाेजनामा आइतबारदेखि सुरु भएकाे प्रतियाेगिता मंगलबार सम्पन्न भएकाे हाे ।

प्रतियाेगितामा सबैभन्दा बढी स्वर्णपदक श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मसिहानीले जितेकाे छ । त्यसपछि दाेस्राे स्थानमा श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जगरनाथपुर सिरा, तेस्राे स्थान श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सन्ठी र चाैथाे स्थान श्री नेपाल राष्ट्रिय आधारभुत विद्यालय साेहपुर साेहरीले हासिल गरेकाे गाउँपालिकाले जनाएकाे छ ।

प्रथम भएका नेरा मावि मसिहानीले १६ स्वर्ण पदक, ५ रजत पदक र ३ कांस्य पदक जितेकाे छ । त्यसैगरी द्वितिय स्थान हासिल गरेका नेरा मावि जगरनाथपुर सिराले ३ स्वर्ण पदक, १३ रजत पदक र १० कांस्य पदक जितेका हुन् ।

त्यसैगरी तृतिय स्थान हासिल गरेकाे नेरा मावि सन्ठीले २ स्वर्ण पदक, ७ रजत पदक र १२ कांस्य पदक जितेका हुन् ।

गाउँपालिका अन्तर्गतका २२ वटा प्राथमिक, आधारभुत र माध्यमिक विद्यालय सहभागि रहेकाे प्रतियाेगितामा लामाे र छाेटाे दुरीकाे दाैड, कबडी, हाइ जम्प, लंग जम्प, जैभलिङ थ्राे, स्वर्टपुट खेल भएकाे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले जानकारी दिए ।

प्रतियाेगिताकाे विजेताहरुलाई गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले मेडल वितरण गर्नुकाे साथै पुरस्कृत समेत गरेका थिए

शिक्षा शाखा प्रमुख लालदेव प्रसाद यादवकाे अध्यक्षता र गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवकाे प्रमुख आतिथ्यतामा भएकाे प्रतियाेगिता समापन्न समाराेहमा  वडाध्यक्ष नेपाली प्रसाद कुशवाहा, प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन राय, लेखापाल सन्देश कुशवाहा, बलिष्टर अहमद लगायतकाकाे उपस्थिती रहेकाे थियाे ।

Related posts

तराईमा चिसो बढेसँगै आगोको सहाराले दिनचर्या विताउँदै सर्वसाधारण

hamronepaldainik

भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबास गरेकाहरुको निस्सा वितरण

hamronepaldainik

जनता आवासमा भेदभाव वडा अध्यक्षको हैकमवादी चरित्र ,उपाध्यक्षका श्रीमान र वडाअध्यक्ष विच हातपात

hamronepaldainik
HamroNepalDainik