HamroNepalDainik.com
समाचारस्थानिय

भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबास गरेकाहरुको निस्सा वितरण

वीरगंज २४ चैत ।
पर्सागढी नगरपालिका वडा नं २ को आयोजनामा भुमिहिन दलित भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबास गरेकाहरुको निस्सा वितरण कार्यक्रम सम्पन्न भएको छ ।
वडा अध्यक्ष बिरेन्द्र प्रसाद महतो थारुको अध्यक्षतामा भएको निस्सा बितरण कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय भुमिहिन पर्साका अध्यक्ष ताबरेज अहमद संयोगबस आजैको दिन म पर्सा जिल्लाको राष्ट्रिय भुमिहिनको अध्यक्ष भएको चचौ गर्दै पर्सागढीको पावन भुमिबाट निस्सा बितरण कार्यक्रम भइरहेकोमा खुसी व्यक्त गरे ।
यस वडामा ७६ जना भुमिहिन सुकुम्बासी, ४१ जना र अब्यवस्थित बसोबास १८३ जना रहेका छन् । कार्यक्रममा बिशिष्ट अतिथि पर्सागढी नगरपालिकाकी उप प्रमुख पुजा चौधरी, जिल्ला भुमिहिन सदस्य शुरेन्द्र सिंह, हेमा कुमारी भट्टराई लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा पर्सागढी नगरपालिका भुमिहिन सुकुम्बासी इकाई प्रमुख मनोज राउत चौधरीले कार्यक्रमको बारेमा प्रकाश पारेका थिए । अनपुर्ण दुध उधोग बढनिहारका अध्यक्ष जगरनाथ तिवारीले स्वागत मन्तव्य गरेको कार्यक्रमको सहजीकरण पर्सागढी नगरपालिकाका कर्मचारी शम्भु पंडितले गरेका थिए ।

Related posts

महिनावारी समस्या सम्बन्धि एकदिने प्रशिक्षण

hamronepaldainik

कानु युवा समाज नेपालद्धारा होली मिलन कार्यक्रमको आयोजना

hamronepaldainik

पत्नीकाे हत्या आरोपमा पति पक्राउ

hamronepaldainik
HamroNepalDainik